पोखरा, ३० भदौ । पोखरा स्टिल फेव्रिकेटर्स एशोसियसनको १८ औं साधारणसभा शनिवार भएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि विकास लम्सालले ब्यवसायमैत्री नीति ल्याउनुपर्ने बताए । उनले ब्यवसायीलाई प्रोत्साहन नगरेसम्म देशको विकास असम्भव रहेको भन्दै ब्यवसायलाई करसँग मात्रै हेर्न नहुने बताए ।
‘समृद्धीको आधार नै उद्योग र ब्यवसायमा छ । ठाउँ अनुसार ब्यवसाय फरक हुन सक्छ,’ उनले भने, ‘तर ब्यवसाय र उद्योग नभएसम्म हामी समृद्ध बन्न सक्दैनौं ।’ ब्यवसायिको हितविपरित कुनै नियम भए त्यसमा संशोधन गरेर भएपनि सहज वातावरण बनाउने उनको प्रतिबद्धता छ ।
गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले राज्यले लगानीका लागि ब्यवसायीलाई प्रोत्साहन गर्न नसकेको बताए । एकतर्फी रुपमा कर मात्रै बढाएर ब्यवसाय चौपट पार्न लागेको भन्दै उनले कर प्रणाली सुधार्न आग्रह गरे ।
‘एउटा ब्यवसायीलाई चारतिरबाट कर लगाईन्छ । खै करको एकद्धार प्रणाली ?, उनले भने, ‘उत्पादन नहुने ठाउँमा पनि मनपरि कर लगाउँदा लगानी गर्नेहरु कसरी आकषिर्त हुन्छन् ?’ उनले सरकारले लगानीमैत्री वातावरण दिन नसकेको गुनासो गरे ।
उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाले राज्यले लिने अनावश्यक करका विरुद्ध ब्यवसायी एकजुट हुनुपर्ने बताए । उनले अवस्था र बैधानिकतामा टेकेर मात्रै कर लिनुपर्ने भन्दै राज्यले एकोहोरो कर मात्रै असुल्ने नीति ठीक नभएको बताए ।
पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रवीन्द्रबहादुर प्रजुले बैंकको चर्को ब्याजले ब्यवसायीलाई समस्या भएको गुनासो गरे । घाम लागेको बेला छाता दिने र पानी पर्दा छाता खोस्ने हाम्रा बैंकहरु छन् । पैसा लिँदा ८ प्रतिशत भनेर लियो । ४ महिना नबित्दै १५ प्रतिशत ब्याज पुगिसक्छ,’ उनले भने, ‘ब्यवसायीले कहाँबाट ल्याएर तिर्ने त्यतिधेरै ब्याज ?’ राज्यको नीति र बैंकले लिने अनावश्यक ब्याजविरुद्ध पनि उद्योगी ब्यवसायीको एउटै आवाज हुनुपर्नेमा उनको जोड छ ।
संघका महासचिव तथा अध्यक्षका अर्का प्रत्यासी दामु अधिकारीले पनि बैंक वित्तिय संस्थाको सिण्डीकेट सरकारले तोड्नुपर्ने बताए ।
‘सरकारले सिण्डिकेटका नाममा यातायात ब्यवसायीलाई धरपकड गर्यो । घरजग्गा धितोमा कर्जा लिएर गरेको ब्यवसाय धरापमा छ, उनले भने-बैंकहरुको मनपरी ब्याज बढाउने सिण्डिकेट चाहीँ कहिले हट्छ -’ अधिकारीले सरकारले लिने कर ब्यवसायीले कमाएर भन्दा पनि पैत्रिक सम्पत्ति बेचेर तिर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले करको दायरा बढाउनेतर्फ महानगर लागिरहेको बताए । उनले अबैध रुपमा ब्यवसाय गर्दा राजश्व चुहावट बढेको भन्दै विना दर्ता ब्यवसाय नगर्न आग्रह गरेका छन् ।
औद्योगिक क्षेत्र ब्यवसायी संघका महासचिव दीपेन्द्र बस्ताकोटीले पछिल्लो समय निर्माणमा गुणस्तर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
हार्डवेयर एशोसियन कास्कीका अध्यक्ष राजेश गुप्ताले उद्योग ग्राम निर्माणको काम तीब्र पार्न आग्रह गरे ।
संस्थाका अध्यक्ष यामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव वासुदेव पौडेलले गरेका थिए । कार्यक्रममा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ । सोही अवसरमा ब्यवसायीहरुका र्एसइर्इ परीक्षामा उत्कृष्ट छोराछोरीलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
पोखरामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आफ्नै भवन
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
हङकङ बजारका व्यवसायीले घेरे महानगर कार्यालय
लगानीमा साझेदारी गर्न महानगर र ग्रीन बैंकबीच सम्झौता
hero news full width
मुख्य समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०