पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि अध्यक्ष पदका उमेदवार रवीन्द्रबहादुर प्रजूले वितेका १२ बर्षदेखि पोखराका उद्योगी व्यवसायीको सुख-दुःखमा आफू सँगसँगै रहेको बताएका छन् । संघको ३२ औं महाधिवेशनको सन्दर्भमा शनिबार आयोजना गरिएको उमेद्वार परिचय कार्यक्रममा बोल्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रजूले आफ्नो जिन्दगीको १२ बर्ष पोखरा उद्योग वाणिज्य संघको सेवामा विताएको र आगामी दिनमा पनि मतदातालाई गर्विलो महशुस गर्ने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पछिल्लो समयमा पोखरा उद्यो वाणिज्य संघका सदस्यहरु, वस्तुगत संघहरुसँगको सम्बन्ध चिसिदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रजूले आफ्नो प्यानलमा रहेका अनुभवी व्यवसायीको टिमले नेतृत्व लिने अवसर पाएमा त्यस अवस्थालाई तत्काल सुधार गर्ने वचन पनि दिएका छन् ।
आफ्नो टिम सँधै विधि विधानमा रहने र व्यवसायिक हकहितमा मात्रै लाग्ने प्रतिवद्धता व्यक्त गर्दै नेता र राजनीतिको छडी हल्लाएर नहिड्ने बताए । अधिकांश पूर्व अध्यक्षहरुको समर्थन आफूलाई रहेको बताउँदै उनले उहाँहरुको सल्लाहमा आधुनिक पोखरा उद्योग वाणिज्य संघ निर्माणमा लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे । पोखराको फोहोरमैला, पार्किङ तथा करको समस्या समाधानमा पनि आफ्नो टिम लाग्ने बताउँदै प्रजूले आफूँग पोखरा उद्योग वाणिज्य संघमा बर्षौसम्म काम गरेको अनुभवी टिम रहेकोले समृद्ध पोखरा बनाउने काममा लाग्ने बचन पनि दिए । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम थाल्न दवाव दिनको लागि पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा ४२ दिन अनसर बसेको कुरा पनि प्रजुले सम्झिए । पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिनको लागि नयाँ पुस्ताले हतार गरेको बताउँदै उनले नेतृत्वको लागि नहतारिन व्यवसायीहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा आफ्नो परिचयन दिँदै चुनावमा होमिएको प्रजू प्यानलले पोखरा उद्योग वाणिज्य संघलाई पोखराका उद्योगी व्यवसायीको साझा चौतारी बताउने प्रतिवद्धता जनाएको छ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९