पोखरा, ३० भदौ।पोखराका प्रतिष्ठित समाजसेवी एवम् पुस्तक तथा स्टेशनरी व्यवसायी प्रेमबहादुर श्रेष्ठलाई कलम सम्मान प्रदान गरिएको छ।
कलम बचत तथा ऋण सहकारी संस्था पोखरा-९ ले समाजसेवामा योगदान दिएका व्यक्तिलाई यसै वर्षबाट शुरु गरेको उक्त सम्मान संस्थाको आठौं वाषिर्कोत्सव समारोहमा शनिवार प्रदान गरिएको हो।
समारोहका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार धनराज आचार्यले समाजसेवी श्रेष्ठलाई सम्मान अर्पण र संस्थाका अध्यक्ष ऋषिराम शर्माले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
सोही समारोहमा संस्थाका उत्कृष्ट कर्मचारी व्यवस्थापक सन्तोष लामिछाने, उत्कृष्ट कारोबारकर्ता रविन्द्रबहादुर नापित र अर्जुनकुमार श्रेष्ठ तथा उत्कृष्ट बचतकर्ता राजेन्द्र घिमिरेलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
साथै शेयर सदस्यका एसइइ तथा दश जोड दुर्इ परीक्षा उत्तीर्ण सन्ततीलाई सम्मान गरियो।
त्यस अवसरमा प्रमुख अतिथि आचार्यले सहकारीले थोरै थोरै संकलन गरेर पनि धेरै पूँजी बनाउन सक्ने र योजनाबद्ध रुपमा अगाडि बढ्दा सफलता प्राप्त हुने बताए। साथै उनले स्टेशनरी व्यवसायीको प्रत्येक जिल्लामा सहकारी खोल्ने लक्ष्यसाथ पोखरामा शुरु भएको सहकारीको सफलताले अरुलाई पनि प्रेरणा पुगेको बताए।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कलम सहकारीसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै सहकारीले आफ्नो पहिचानका लागि एउटा विशेष क्षेत्र चयन गरी व्याज सहुलियत प्रदान गर्न सुझाव दिए।
सम्मानित व्यक्तित्व संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले प्रारम्भिक अवस्थाको स्मरण गर्दै भने तत्कालीन अवस्थामा सहकारी चल्छ कि चल्दैन भन्ने लागेको थियो। राम्रो भयो, हर्षाश्रु थपिएको छ। सम्मानप्रति आभारी छु।धु्र्रवतारा बचतका अध्यक्ष जगदीश गौतमले पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा प्यानल नभनी पुस्तक व्यवसायी संघका उम्मेदवारलाई सघाउन आग्रह गरे।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका वरिष्ठ सहायक अधिकृत नवप्रसाद ढकाल, सञ्चारकर्मी सुष्मा पौडेल, श्रीपति कोइराला बचत तथा ऋण सहकारीका अध्यक्ष रामजीप्रसाद कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाका अध्यक्ष ऋषिराम शर्मा भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले स्वागत तथा सचिव मनोहरि सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हर्पनकोट माविमा छात्रवृत्ति वितरण
फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
hero news full width
मुख्य समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०