पोखरा, २८ भदौ । गण्डकी प्रदेश सरकार गठन भएको ६ महिना कट्यो । यो अवधीमा दुइवटा नीति तथा कार्यक्रमसहित दुवै पटक बजेटसमेत बनायो । पहिलो बजेटले विकास निर्माणको काम नै भएन । १ अर्व ३ करोड बजेटमध्ये केही प्रशासनिक क्षेत्रमा खर्च गरेर ६५ लाख हाराहारी पैसा दोश्रो बजेटमा अख्तियारी सारेर ल्याइयो ।
असार १ गते २४ अर्व २ करोडको बजेट सार्वजनिक गरेको सरकारले तीनमहिनासम्म पैसा खर्च गर्नै सकेको छैन । प्रदेश पहिलो संरचना भएकोले नीति नियमको अभावले काम गर्न नपाएको गुनासो सरकारको छ । सँगै बजेट कार्यान्वयनको संयन्त्र पनि सरकारसँग छैन ।
भर्खरै विभाग, डिभिजन कार्यालयहरु स्थापना गरेपछि बजेट कार्यान्वयन सुरु गर्न लागिएको सरकारका प्रबक्ता रामशरण बस्नेत बताउँछन् । सरकारले शीर्षकअनुसार बजेट विनियोजन गरेपनि सम्बन्धित क्षेत्रमा बजेट पठाउने माध्यम अझै बनिसकेको छैन । कर्मचारी अभाव र आवश्यक कार्यालय नहुँदा सरकारको खातामा बजेट भएपनि खर्च हुन नसकेको हो ।
बजेट कार्यान्वयनको सन्देष दिन विहिबार भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सरकारका प्रबक्ता रामशरण बस्नेतले एउटा सिञ्चाई आयोजनाको शिलान्यास गरे । माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेमा पुगेर उनले पूरानो सिञ्चाई कुलोको पुननिर्माण गर्ने योजना शिलान्यास गरेका हुन् । सामान्य स्टिमेट मात्रै भएको कुलोको ठेक्का प्रक्रिया सुरु भएकै छैन । १ करोड २० लाख रुपैयाँ बजेट स्टिमेट गरिएको कुलो निर्माणमा सरकारले हाल ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसका लागि ठेक्का सम्झौता भएको छैन ।
‘सामान्य स्टिमेट बनेको छ । त्यो पनि पूरानो दररेटका आधारमा बनाईएको हो ।
नयाँ दररेट आएपछि हिसाव यताउती हुन सक्छ,’सिञ्चाई डिभिजन कार्यालयका प्रमुख श्रीराम जोशीले भने, ‘टेण्डरका लागि केही दिनमा सूचना प्रकाशन गछौर्ं र केही महिनाभित्रै ठेक्का प्रक्रिया सकेर निर्माणको काम सुरु हुन्छ ।’
टेण्डर प्रक्रिया सकिनै २ महिनाभन्दा बढी लाग्छ । तर सरकारप्रति गुनासो आउन थालेपछि मन्त्रीहरुलाई काम गर्ने हतारो बढेको हो । ‘हामीसँग कर्मचारी छैन । चाहिएको कार्यालय छैन । अनि बजेट कार्यान्वयन गर्ने युनिट कसरी बनाउने -, नेपाल सरकारप्रति गुनासो पोख्दै केही समयअघि मन्त्री बस्नेतले पत्रकारसँग भनेका थिए, ‘जनताले काम गरेन भनेर गुनासो गर्न थालिसके । हामी कुन सक्ने अवस्थामा छैनौं ।’
बजेट कार्यान्वयन संयन्त्र बनाउनकै लागि मागिएको आवश्यक कर्मचारी अझै आईपुगेका छैनन् । गण्डकी सरकारले लिएको नीति, कार्यक्रम अनुसार बजेटको कार्यान्वयन गर्न पर्याप्त स्रोत साधन नभएपनि कामचलाउ संगठनकै आधारमा सरकार बजेट कार्यान्वयनतर्फ अग्रसर बनेको छ ।
पोउखोला-लुम्रे-सिमलवेशी सिञ्चाई आयोजनाको सिलान्यास गर्दै मन्त्री बस्नेतले सरकारको पहिलो योजना भएकोले समयमै सक्नुपर्ने दवाव स्थानीयसँग राखे । ‘हामीसँग पैसा थिएन । बस्ने ठाउँ थिएन । नीति नियम थिएन,’ उनले भने, ‘तर ब्यवस्थापन मिलाउँदै आयोजना थाल्न पाएका छौं । यहाँबाट कामको सुरुवात भएको उद्घोष गरेका छौं ।’ उनले आयोजनामा आवश्यक बजेट अभाव नहुने पनि प्रतिबद्धता ब्यक्त गरे ।
‘अहिले ४५ लाख रुपैयाँ छ । यो क्रमागत योजना हो,’ मन्त्री बस्नेतले भने, ‘सरकारको पहिलो कार्यक्रम भएकोले यो काम यही आर्थिक बर्षमा पूरा हुन्छ । योजनामा पैसा हर्ज हुँदैन । तपाईंहरु काम गर्नुस् ।’
यो आयोजना सरकारले २ बर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको थियो । सिञ्चाई कुलो निर्माण भएपछि जनताको दैनिकीमा परिवर्तन आउने उनको विश्वास छ । ‘बर्खामा खेत रोप्ने र हिउँदमा सुतेर देश समृद्ध हुँदैन । कुलो बनेपछि उपभोग पनि गर्नुपर्छ, उनी भन्छन्, ‘अव कृषि उत्पादन बढाउनुस् । आम्दानी गरेर समृद्ध नेपाल सुखी नेपालीको सरकारी अभियानमा सहयोग गर्नुस् ।’ मन्त्री बस्नेतले समयमै काम सक्न निर्माण पक्षलाई निदेशन दिँदै काम नसके सरकारले कारबाही गर्ने बताए । आयोजना सकिएपछि २ सय घरधुरीको ४ सय रोपनी क्षेत्रफल जमिनलाई सिञ्चाई गर्न पुग्छ । २८ वर्षअघि निर्माण गरिएको ढुंगेकुलोको मर्मत तथा जीणोर्द्वार नहुँदा कुलोबाट पानी खेतमा पुर्याउन असहज भएको कुलो निर्माण समितिका अध्यक्ष गुप्तबहादुर गुरुङले बताए । उनका अनुसार कुलो १ हजार ७ सय मिटर लामो छ ।
प्रदेशसभा सांसद रामजी बरालले माछापुच्छ्रेबाटै आयोजना निर्माणको काम थालेकोमा सरकारलाई धन्यवाद दिए ।
‘हाम्रा लागि यो ठूलो अवसर हो । अव हामीलाई चुनौति पनि थपिएको छ, उनी भन्छन्-विगत हेर्दा समयमा काम नसक्ने रोग सबैतिर छ । तर यो कुलो सरकारले तोकेको समयभन्दा पहिले बनाईसक्नुपर्छ । हामी प्रतिबद्ध छौं ।’
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टाले पनि समयमै काम सक्नुपर्ने बाध्यता सुनाए । उनले कृषिमा सरकारको प्राथमिकता झल्काउन पनि यो आयोजनालाई पहिला सञ्चालन गर्न लागिएको बताए ।
Related News
सम्बन्धित समाचार
एकादशी मेला रौनक, ४ पालिकाले दिए बिदा
रवि लामिछानेलाई १३ दिन म्याद थप
कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
नेपाल मेडिकल कलेज प्रिन्सिपलमा मरहठ्ठा
सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
hero news full width
मुख्य समाचार
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
कार्तिक २७, २०८१पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
कार्तिक २६, २०८१करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
कार्तिक २६, २०८१मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१क्रस कन्ट्री दौड: समूहमा नेपाली, व्यक्तिगतमा चिनियाँ च्याम्पियन
कार्तिक २४, २०८१