फुटवल प्रतियोगिताको उपाधि मालेपाटन एफसीलाई

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७५

हेमजा, २८ भदौं । ढिकुरपोखरीमा भएको तीजमेला अन्तगतको खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि मालेपाटन एफसीले जितेको छ ।

आयोजक ढिकुरपोखरी युवा संजाल ए सँग बिहीवार भएको  फाइनल खेलमा १-० गोलअन्तरले पछि पार्दै मालेपाटन बिजेता बनेको हो ।

मालेपाटनको जितका लागि खेलको दोस्रो हाफको ५ औं मिनेटमा गोविद थापाले गोल गरेका थिए । योसँगै आयोजक ए समूहले उपबिजेतामा चित्त बुझाउनु पर्‍यो । प्रतियोगिताको बिजेता भएसँगै मालेपाटनले नगद रु. १ लाख ११ हजार १ सय ११ नगद तथा उपबिजेतामा चित्त बुझाएको संजालको समूहले नगद रु. ५५ हजार पाँच सय ५५ नगद ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन । मालेपाटनका गोविद थापा म्यान अफदी म्याच घोषित भए ।

उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल अनुशासित टिम, मालेपाटन एफसीका विनोद गुरुङ सर्वाधिक गोलकर्ता तथा ढिकुरपोखरी युवा संजाल एका सुनिल विक सवोर्त्कृष्ठ खेलाडी बनेका छन ।

समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ढिकुरपोखरी खेल मैदानको स्तरउन्नतीमा जोड दिर्दै एक स्थानीय तह एक खेल मैदानको नितीलाई आत्मसात गर्दै खेलमैदान स्तरउन्नती गर्नुपर्नेमा जोड दिए । तीज मौलिक चाड भएको तथा गण्डकी प्रदेश लोक संस्कृतिको हिसावले अन्य प्रदेशभन्दा अगाडि रहेको उनको ठहर थियो ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरले संघ, प्रदेश र स्थानीय तह मिलेर खेलमैदानको स्तरउन्नति गरिने प्रतिबद्घता जनाउँदै ढिकुरपोखरी तीजमेलाको ऐतिहासिक महत्व रहेको औँल्याएका थिए । सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, संजालका सल्लाहकार कुलबहादुर गुरुङ कुलु, वडा नं. ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, माछापुच्छे्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीलगायतले पनि भनाई राखेका थिए ।

यसैबीच बिहीवार ठेलो हान्ने प्रतियोगिता पनि भएको थियो । जसमा भरत सिपार्लीले १६ जनालाई पछि पार्दै प्रथम भएका थिए । त्यस्तै संजाललाई महत्वपूर्ण सहयोग गरेको भन्दै वडा नं. १ का सदस्य नवराज श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रले सम्मान पनि गरिएको थियो ।

मेला संयोजक विकास गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. २ का अध्यक्ष चुडामणि अधिकारीले स्वागत तथा कार्यक्रमको संचालन संजालका महासचिव दिल जिसीले गरेका थिए । योसँगै यसवर्षका ढिकुरपोखरी तीजमेलाका सम्पूर्ण कार्यक्रमहरु पनि सम्पन्न भएका छन ।

Related News

सम्बन्धित समाचार

  • पोखरा स्पोर्ट्स अवार्ड समिति

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणका लागि संयोजकमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई तोकिएको छ…
  • पोखरामा आर्चरी प्रशिक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी लेवन वान ओलम्पिक सोलीडारिटी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । एक साता…
  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…

hero news full width