पोखरा २८, भदौ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तीज महिलाको मात्र नभै दाजुभाइ सबैको साझा पर्व भएको बताएका छन्।
मनोहर युवा क्लब, समाज सुधार आमा समूह, मनकामना टोल विकास संस्था र मनकामना मन्दिर संरक्षण समिति पोखरा-१४ द्वारा आयोजित तीज गीत प्रतियोगिताको बिहीवार उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्।
प्रमुख अतिथि जिसीले मनोहर पार्क व्यवस्थित गर्न महानगरले आववश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा मनोहर युवा क्लबका सल्लाहकारहरु जेवी कुँवर, ललितबहादुर बानियाँ, बोधबहादुर कार्की, रोमबहादुर कार्की र इन्द्रमाया बानियाँले शुभकामना व्यक्त गरेका थिए। क्लबका अध्यक्ष तथा मूल आयोजक समितिका अध्यक्ष रामजी जिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाज सुधार आमा समूहकी अध्यक्ष लक्ष्मी जिसीले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रमको सञ्चालन क्लबका पूर्व अध्यक्ष रेशम जिसीले गरेका थिए।
कार्यक्रममा कलाकारहरु शिवहरि ढुंगाना, कृष्ण सुवेदी र माया गुरुङले आफ्नो प्रस्तुती राखेका थिए।
उत्त प्रतियोगितामा कामधेनु कृषक महिला समूह हेमजाले प्रथम स्थान, नमूना आमा समूह हेमजाले द्वितीय र शुक्रराज बलभद्र मावि छिनेडाँडाले तृतीय पुरस्कार प्राप्त गर्न सफल भए।
यस्तै उत्कृष्ट भेषभूषामा भवानी आमा समूह र अनुशासनतर्फ नमूना बालक्लबलाई र प्रोत्साहन पुरस्कार सिर्जनशील बाल क्लबलाई प्रदान गरिएको थियो।
प्रतियोगिताको निर्णायक समिति संयोजकमा सीता केसी, सदस्यमा जूना क्षत्री र सविना क्षत्री रहेका थिए।
प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार एक सय ११, द्वितीयलाई १५ हजार पाँच सय ५५ र तृतीयलाई सात हजार सात सय ७७ राशी रहेको थियो।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९