लेखनाथ, २८ भदौ ।कास्कीको पोखरा महानगरपालिका वडा नं ३१ मा ७० वषीया बृद्धालाई बलात्कार गर्न खोज्ने एक युवा प्रकाउ परेका छन् ।
बेगनासताल नजिक नहरचोकमा शर्मिला पौडेलको घरमा भाडामा बस्दै आएकी आँखा कम देख्ने बृद्धालाई घरमा कोही नभएको अवस्थामा सोही घरमा भाडामा बस्ने बर्ष ४५ का रेबतीरमण पाण्डेले बुधवार दिउँसो बलात्कार गर्न खोजेको बुझिएको छ । तर पीडित परिवारबाट प्रहरीमा बलात्कृत भएको भन्दै पाण्डेलाई किटानी जाहेरी दिएका थिए ।
तीज मान्न श्रीमती माईत गएको बेला रक्सीले मातेका पाण्डेले बृद्धाको कोठा थुनेर जवरजस्ती गरेको पीडित पक्षको आरोप रहेको छ । एउटै घरको फरक फरक कोठामा वस्दै आएका पाण्डेले बृद्धाका छोरा सामान किन्न बजारतर्फ गएको समयमा ढोका थुनेर बलात्कारको प्रयास गरेको र पछि हल्ला भएपछि पाण्डे भागेका थिए ।
घटनापछि फरार रहेका पाण्डेलाई प्रहरीको सहयोगमा बिहीवार दिउँसो तनहुको आवुखौरेनीबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की लगिएको डाँडाकोनाक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबरसिंह थापाले जानकारी दिएका छन् ।
बलात्कार हो वा होइन भन्नेबारे वुझ्नका लागि बृद्धाको पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको छ । रिपोट नआइपुगेकाले प्रयास मात्र हो वा बलात्कार नै हो भन्नेबारे अहिले नै भन्न नसकिने प्रहरीको भनाई छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९