खैरेनीटार, २८ भदौ। तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई समिति, शुक्लागण्डकी नगरपालिका, खैरेनीटारको आयोजनामा खैरेनीटार बजारमा भएको तीज गीत प्रतियोगितामा धयरे आमा समूह प्रथम भएको छ।
यस्तै, दोस्रो स्थान राधाकृष्ण संगीनी समूह गगनगौंडा, तेस्रो स्थान दुलेगौंडा बाल समूह र सान्त्वना दिदी बहिनी आमा समूह अकलाले प्राप्त गरेका छन्। प्रतियोगितामा रुपा क्षेत्री दिदीबहिनी समूह खैरेनीटारले उत्कृष्ट नृत्यको उपाधि पाएको छ।
तीज गीत प्रतियोगितामा रुपा क्षेत्री दिदीबहिनी समूह, अरनिको माध्यमिक विद्यालय समूह, धयरे आमा समूह,ओम शान्ति टोल दिदी बहिनी समूह, राधा कृष्ण संगीनी समूह, तल्लो गगनगौंडा, नबिना बस्नेतको समूह खैरेनीटार,, दिदी वहिनी आमा समूह अकला, श्री खैरेनी माध्यमिक विद्यालयको समूह, मालेबगर आमा समूह, दुलेगौंडा बाल समूह, प्रगति बुहारी समूह चेलिबेटी समूह खैरेनीटार लगायत १३ वटा समूहको सहभागिता थियो।
साथै प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले १० हजार रुपैंया, तेस्रो हुनेले ५ हजार रुपैंया र सान्त्वना हुनेले २ हजार रुपैंया र उत्कृष्ट नृत्य प्रस्तुत गर्नेले २ हजार नगद र प्रमाणपत्र प्राप्त गरे। सहभागी सबै समूहलाई प्रमाणपत्रका साथ समान एक/एक हजार प्रदान गरिएको थियो।
उक्त तीज गीत प्रतियोगिताको निर्णायकमा यमसागर विक, सुष्मा ठकुरी थिए। कार्यक्रममा बिभिन्न तीज गीत नृत्यहरुको प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो।
प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाइलीले संस्कार जोगाउने नाउँमा तडकभडक गर्न नहुनेमा जोड दिइन्। उनले संस्कार जोगाउने क्रममा भड्कीलोपन आएकोमा चिन्ता व्यक्त गरिन्।
कार्यक्रममा शुक्लागण्डकी नगर कार्यपालिका सदस्य तथा प्रबक्ता खिमबहादुर कुमालले बिकृतिको रुपमा भित्रिएको संस्कृतिलाई प्राथमिकता दिन नहुने वताए। उनले कला संस्कृति बचाउन पनि सुझाव दिए।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेल, शुक्लागण्डकी नगर कार्यपालिका सदस्य बिष्णुकुमारी ढकाल, खैरेनीटार बजार इकाईका पूर्व सभापतिहरु हरिकुमार श्रेष्ठ र समुन्द्रराम श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघ महिला उद्यमी उपाध्यक्ष वसन्ता श्रेष्ठ, खैरेनीटार बजार इकाईका पूर्व उपसभापति बर्मकुमार श्रेष्ठलगायतले वोलेका थिए।
यस्तै, उक्त तीज गीत प्रतियोगिताको मुख्य प्रायोजक शिरोमणि स्वामी रामबाबा, प्रथम पुरस्कारको प्रायोजकमा श्री धनलक्ष्मी ज्वेर्लर्सका धनबहादुर विक, दोस्रो पुरस्कारको प्रायोजकमा अमृत कायस्थ र रबिन्द्रराज पौडेल र तेस्रो पुरस्कारको प्रायोजकमा रोयल सहकारी संस्था लिमिटेड, खैरेनीटार थिए।
खैरेनीटार बजार इकाईका सभापति पूर्ण बहादुर कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सुजित हिराचनले स्वागत सचिव गंगाराम श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९