पोखरा, २६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मी व्यवसायीलाई कार्ड व्यवस्था गर्नुपर्ने नयाँ योजना ल्याएका छन्।
लुकीछिपी गर्ने व्यवसायलाई सरकारले करको दायरामा ल्याउन सके थप व्यवस्थित हुने उनको भनाइ छ।
‘रोकौं भने पनि भित्रभित्रै चलिरहेकै छ, त्यो धन्दा। कि रेड एरिया भनेर छुट्याउनुपर्यो। नभए कार्ड होल्डर हुनुपर्यो,’ उनी भन्छन्, ‘होटलवालालाई समातेर लग्यो पैसा तिर्नुपर्यो। अर्कोलाई समातेर लग्यो पैसा तिर्नुपर्यो। कार्डको व्यवस्था गरिदिए ढुक्कै।’
लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको भन्दै उनले यौनकर्मीलाई कार्ड दिएर सरकारले कर उठाउनुपर्ने बताए। ‘कार्ड दिउँ होटलमा प्रवेश गदाए कार्ड देखाएर छिर्छ। कार्ड भएपछि पुलिसले पनि समात्न सक्दैन,’ उनले थपे, ‘लुकेर धन्दा गर्दा न लुक्नेलाई फाइदा छ, न समाजलाई। कार्ड दिउँ र अलिअलि कर लिउँ।’
सबै पक्षलाई फाइदा हुने भन्दै उनले खुला रुपले छलफल गर्नुपर्ने बताए। होटल संघले पोखरामा मंगलबार आयोजना गरेको ‘नेपालको पर्यटकीय राजधानी पोखरा तथा दक्षिण एसियाको पर्यटन प्रवेशद्वार’ विषयक अन्तक्रिर्यामा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको मुख्य सम्भावना पर्यटन भएको भन्दै त्यसका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने बताए।
‘पोखराका डाँडाहरुमा पर्यटकीय होटलहरु थपौं। अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि स्याटलाइट ठाउँहरु पनि चाहिन्छ। यतै क्यासिनो खोलौं र धनीहरुलाई प्रदेशमा भित्र्याउँ,’ उनले भने, ‘धेरै मुलुकहरुको इकोनोमी नै यसरी चलेको छ। पोखरालाई २४ घण्टा खुला गरौं।’ गुरुङले प्रदेशको गुरुयोजना निर्माणको काम चलिरहेको जानकारी दिए।
काठमाडौं, पोखरा, भैरहवा र निजगढमा विमानस्थल सुधार तथा निर्माण सम्पन्न भएपछि र पोखरा जोड्ने मध्यपहाडी, पृथ्वी, सिर्द्धार्थ र कोरला हुँदै त्रिवेणी जोड्न राजभार्गहरु निर्माण तथा विकास भएपछि पोखरा पर्यटनको सशक्त हव हुने भनाइ उनले राखे।
हानका अध्यक्ष अमरमान शाक्यले गण्डकी प्रदेशमा दीगो पर्यटन विकास गर्दै यसलाई समृद्ध प्रदेशको रुपमा अगाडि बढाउन सकिने भन्दै यसका लागि संघीय सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने सुझाव राखे। प्रदेश सरकारले पर्यटनमैत्री तथा लगानीमैत्री नीति तर्जुमा गर्दै पोखरालाई विशेष पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाएर दशौं लाख पर्यटक भित्र्याउन सकिने उनले सुनाए।
संघका पूर्व अध्यक्ष एवं होटल संघ नेपाल पूर्व अध्यक्ष परिषद् गण्डकी प्रदेशका संयोजक प्रसिद्धबहादुर पाण्डेले हरेक उमेर, क्षमता र अवस्था भएका पर्यटकका लागि पोखरा उपयुक्त पर्यटकीय गन्तव्य भएको अवधारणापत्र प्रस्तुत गरे। पोखरालाई मास तथा माइस (एमआईर्सीइ) टुरिजमको गन्तव्यको रुपमा विकास गर्न आक्रमक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गर्दै सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हाँसिल गर्नेतर्फ अग्रसर हुन पाण्डेले सरकारको ध्यानाकर्षण गराएका छन्।
यसअन्तर्गत सरकारी जग्गाहरु होटल तथा रिसोर्टहरु खोल्न भाडामा दिन सकिने व्यवस्था हुनुपर्ने, करिव पाँच प्रतिशत व्याजदरमा बैंक कर्जा उपलब्ध हुनुपर्ने, पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने, सरकारले १० वर्षका लागि कर मिनाह अर्थात् ट्याक्स होलिडेको व्यवस्था गर्नुपर्ने, विदेशबाट ल्याइने वस्तुको आयातकार छुट हुनुपर्ने र स्थानीय उपजमा भ्याट आधा कम हुनुपर्ने प्रस्ताव पनि पाण्डेले अवधारणापत्रमा उल्लेख गरेका छन्।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले लिगलिगकोटमा इतिहास सम्बन्धी संग्रहालय र पोखराको विजयपुर खोलामाथि आकर्षक सिग्नेचर ब्रिज निर्माण गर्ने योजना सुनाए।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई पर्यटकको ट्रान्जिटको रुपमा नभई हवको रुपमा विकास गर्नुपर्ने, फेवा तालको संरक्षण गर्नुपर्ने र भाषण मात्र नभई कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने सुझाव राखे।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटकीय पूर्वाधारको विकास, पर्यटकलाई सहज पहुँचको व्यवस्था र बैंकको चको व्याज दरलाई न्यून गर्न सके पर्यटनमा लगानी र पर्यटक आगमन समेत बढ्न सक्ने भनाइ राखे।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य विश्वशंकर पालिखेले सरकारी कर्मचारीका लागि पेड होलिडेको व्यवस्था गर्नुपर्ने बताउँदै मानव निर्मित पर्यटकीय गन्तव्यहरुको विकास पनि पोखरामा जरुरी भएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पर्यटन क्षेत्रमा समेत सिण्डिकेट रहेको भन्दै यसलाई अन्तत्य गरिनुपर्ने बताए।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद दीपक कोइराला, अर्का सांसद मनबहादुर गुरुङ, हानकी उपाध्यक्ष श्रृजना राणा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, माछापुच्छ्रे गाउँपालिकाका प्रतिनिधि, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यबहादुर भुजेल, पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकारद्वय बच्चुराम तिवारी, गोविन्दराज पहारी, पोखरा-६ का वडाध्यक्ष जगत पहारी, पर्यटन व्यवसायी दामोदरभक्त थापा, अर्का व्यवसायी कृष्ण तिमिल्सिना, नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारी, व्यवसायी कमल थापा, युवराज श्रेष्ठ लगायतले पर्यटनसम्बन्धी सुझाव र जिज्ञासा राखेका थिए।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९