गरिमा अटो लोन सम्झौता

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७५
garima

पोखरा, २६ भदौ । युनाईटेड टेर्डस् सिन्डिकेट्स प्रालि तथा त्यस संस्थाका आधिकारिक डिलरहरुबाट खरिद गरिएका टोयटा ब्राण्डका सम्पूर्ण सवारीसाधनहरुमा गरिमा विकास बैंकले वाषिर्क १०.५० प्रतिशत व्याजदरमा १२ वर्षका लागि १ सय ४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने सम्बन्धमा सम्झौता भएको छ ।

बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र युनाइटेडको तर्फबाट महाप्रबन्धक महेश कुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यसको साथै पर्यटन व्यवसायीहरुका लागि पनि सो ब्राण्डका सवारीसाधनलाई समेत यो स्किम दिन सकिने बैंकले जनाएको छ। यो कर्जा सुविधा यस बैंकका सम्पूर्ण ६१ शाखा कार्यालयहरुबाट पाइने छ।

काठमाडौं लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकका राजधानीमा ६ वटा शाखा कार्यालयहरु सहित देशभर ६१ शाखा कार्यालय संचालनमा रहेका छन्।

चाँडै नै ललितपुरको कुमारीपाटी, भक्तपुरको सूर्यविनायक, पोखराको रामबजार, दाङको घोराही र कैलालीको धनगढीमा समेत शाखा कार्यालय खोलने तयारी रहेको बैकले जनाएको छ । बैंकले हालसम्म निक्षेप तर्फमा २२ अर्ब परिचालन र कर्जातर्फ लगानी २० अर्ब गरिसकेको छ । गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई १० प्रतिशत वोनश सेयर र ३.७५ प्रतिशत नगद लाभांस आगामी साधारणसभाबाट स्वीकृत हुने गरी नेपाल राष्ट्र बैंकमा पेश भएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

    धनबहादुर गुरुङ असाेज ११, २०७९
    पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए…
  • नेपाल निर्माण व्यवसायी संघको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा, ११ असोज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले दसैंतिहार, नेपाल संवत् ११४३ तथा छठ पर्व अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम…
  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न पोउवा संघको माग

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा। पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार…
  • जुग्नु पाउरोटी उद्योगमा छापा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला…

hero news full width