हेमजामा कैलाश विकास बैंक

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७५
hemja bank photo

हेमजा, २६ भदौ। कैलाश विकास बैंकले आफ्नो शाखा हेमजामा स्थापना गरेको छ। योसँगै बैंकका शाखा ५८ शाखा पुगेका छन्। शाखा उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले वित्तीय संस्था मार्फत आर्थिक कारोबार गर्न नागरिकलाई सुझाव दिँदै वित्तीय संस्थाहरु पनि वित्तीय अनुशासनमा रहनुपर्नेमा जोड दिए।

मेयर जिसीले हेमजामा आलु प्रशोधन केन्द्र स्थापना गरिनुपर्ने, आरसीसी घर बनाउन छाडेर हेमजाको जग्गा जोगाइराख्नुपर्ने आवश्यकता औल्याउँदै महानगरले कृषिका लागि विभिन्न ७ पकेट क्षेत्र निर्माण गर्ने सोच बनाएको जनाए।

पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले जनताले कमाएको नगद जम्मा गर्ने ठाँउ बैंक भएको भन्दै बैंकहरुले जनतालाई कमाउन पनि सिकाउनुपर्ने तर्क गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बैंकको सेवा सुविधा र अवस्थाका बारेमा अवगत गराएका थिए।

बैंक अध्यक्ष नारायणप्रसाद पौडेलले कैलाश विकास बैंक पोखराकै अग्रणी फाइनान्स कम्पनी भएको दाबी गर्दै हेमजामा कोल्ड स्टोर निर्माण तथा आलु चिप्स उद्योग स्थापनाका लागि बैंक लगानी गर्न तयार रहेको स्पष्ट पारेका थिए। बैंक अध्यक्ष पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले स्वागत तथा संचालन बैंकका सहायक महाप्रबन्धक सूर्यप्रसाद तिवारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अर्थतन्त्रमा सुधार आउने

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायी र बैंकर्सबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । छलफल तथा शुभकामना…
  • ‘सिजीसँग यो पर्व, गरौं गर्व’

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । सिजी ब्रान्डले दसैं, तिहार तथा छठ पर्व लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । ‘सिजीसँग यो…
  • चाडपर्वमा मात्र अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । दसैंतिहार लगायत ठूला चाडपर्व भित्रिएपछि पोखरा बजारमा अनुगमन तीव्र बन्यो । अरु बेला सुतेर बस्ने अनुगमनकर्ताहरु चाडपर्व भित्रिएपछि…
  • सिर्जना विकास केन्द्रमा पदस्थापना

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    पोखरा, १३ असोज । सृजना विकास केन्द्र, सिमलचौरका नवनिर्वाचित पदाधिकारीले बिहीबार सपथग्रहण गरेका छन् । केन्द्रको ४५ औं साधारण सभा तथा…
  • दसैंलक्षित भेडाच्याङ्ग्रा पोखरा

    धनबहादुर गुरुङ असाेज ११, २०७९
    पोखरा । जुम्लाका कमानसिंह थामी पोखरा १, जौबारीमा भेडाच्यांग्राको हुलसँगै भेटिन्छन् । गत वर्ष पनि उनी यसरी नै भेटिएका थिए…

hero news full width