चितवन, २४ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीमध्ये १२ जनालाई सफाई दिएको छ भने एक जनाको मुद्दा मुल्तवीमा राखेको छ । न्यायाधीश कुलप्रसाद शर्माकोर्र् इजलासले आईतबार उक्त फैसला गरेको हो ।
माओवादी द्वन्द्वकालमा भएको यो घटनाको मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासोका रुपमा हेरिएको थियो । मुद्दाको फैसलामा न्यायको मान्य सिद्धान्त र प्रमाण, ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानुनी रुपले प्रमाणहरु अभाव देखिदा दावी स्थापित हुन सक्ने आधार एवं कारण नदेखिएको उल्लेख छ ।
अदालतका श्रेस्तेदार गेहेन्द्र पन्तले दिएको जानकारीअनुसार फैसलामा अगाडि भनिएको छ ‘अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिंदा आरोपित प्रतिवादी उपरको जन्मकैद गरी पाउँ भन्ने वादी दावी पुग्ने वस्तु निष्ठ आधार देखिंदैन ।’
फैसलामा भनिएको छ, प्रतिवादीहरुले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शंकारहित प्रमाणबाट मागदावी पुष्टि हुन आएको नदेखिंदा आरोपित कसुरबाट सफाई हुने र्ठहर्छ ।’
अदालतले एक जना फरार अभियुक्त रुद्र आचार्यको मुद्दा भने मुल्तवीमा राखिएको छ फैसलामा भनिएको छ, ‘मृतकलाई गोली प्रहार गर्ने भनिएका प्रतिवादी रुद्र आचार्य अदालतको म्यादमा हाजिर नभई फरार रहेको हुँदा प्रतिवादी पछि हाजिर भए वा पक्राउ परेकाबेला निजलाई यसै मिसिलबाट कारवाही हुने छ ।’ फैसलामा अगाडि भनिएको छ, ‘निज -रुद्र) को हकमा सावित मुलुकी ऐन अदालती बन्दोबस्तीको १९० बमोजिम मुल्तवीमा राखिदिने र्ठहर्छ ।’
उक्त घटनाका प्रतिवादीहरु गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, काल्रि्रसाद अधिकारी, भीमसेन भन्ने भिष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाई पाएका छन् । उनीहरु मध्ये छविलाल पौडेल कारागारमा छन् भने अन्य सामान्य धरौटी र तारेखमा छन् । प्रतिवादीमध्ये रुद्र आचार्य भने विदेशमा रहेको बताइएको छ । आचार्य हालसम्म अदालतमा उपस्थित भएका छैनन् ।
चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशअनुसार गत असार २४ गते पौडेल सर्वोच्च अदालत समक्ष हाजिर भएका थिए ।
अदालतले सोही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको थियो । अदालतमा आईतवार वादीका तर्फबाट एक जना, जाहेरवालाका तर्फबाट चार जना र प्रतिवादीका तर्फबाट नौ जनाले बहस गरेका थिए ।
कृष्णप्रसाद अधिकारीको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर गोरखाबाट पूर्र्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगर नगरपालिकाको बकुलहरमा उनको हत्या भएको थियो ।घटनालगत्तै प्रहरीमा उजुरी परेपनि अदालतमा मुद्दा दायर भएको थिए । कृष्णप्रसादका बाबुआमा अनसनमा बस्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दवाव सिर्जना भएपछि बि.सं. २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा १३ जना विरुद्ध मुद्दा दायर भएको थियो । पाँच वर्ष पुरानो यो मुद्दा अहिलेसम्म पाँच जना न्यायधिशले हेरेका छन् । तत्कालीन जिल्ला न्यायाधीश विनोदमोहन आचार्यले थुनछेक आदेश गरेका थिए । त्यसपछि वासुदेव पौडेल, टेकनारायण कुँवर, कव्रि्रसाद न्यौपानेले हेर्दै आएको मुद्दा कुलप्रसाद शर्माले फैसला गरेका हुन् । यो मुद्दालाई न्यायाधीशहरुले ‘फैसला गर्न नचाहने’ गरेको आरोप लाग्दै आएको थियो ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९