बेपत्ता ६ जनाको शव फेला

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७५

लेखनाथ, २४ भदौ । बेगनास तालमा शनिवार भएको डुंगा दुर्घटनामा बेपत्ता सबै ६ जनाको शव फेला परेको छ ।

आइतबार बिहानैदेखि स्थानीयसहित सशस्त्रको गोताखोर टोलीले खोजी कार्य जारी राखेकोमा मध्यान्ह १२ बजेतिरमात्र नवलपरासी जिल्ला गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका दुर्इ छोराहरु ७ वर्षीय शंकर र ८ वर्षीय शिव खनाल, तनहुँ भीमादका ५ वर्षीय रंजित गैह्रे, पोखराकी १८ वर्षीया मनिषा बजगाईं र ५ वर्षीय प्राचीन पौडेलको शव फेला परेको थियो ।

उद्धारमा संलग्न प्रहरी निरीक्षक किरण राउतका अनुसार सुरुवातमा शिवको शव तैरिरहेको अवस्थामा डुंगा डुबेको नजिकै फेला परेकोमा अन्तिममा उनका बाबु रविको शव फेला परेको हो । उद्धारमा सशस्त्रको गोताखोर टोली सहित नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले सहयोग पुर्‍याएका थिए ।

शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको डाँडाकोनाक प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णुवरसिंंह थापाले जानकारी दिए ।

शनिबार दिउँसो मध्याहृ डुंगा चढेर ताल पारी जानेक्रममा १० जना सवार डुंगा लिब्दी टुडाँनजिकै पल्टिएको थियो । जसमा शनिबार २ जनाको अकालमा ज्यान गएको थियो ६ जना बेपत्ता थिए । २ जनाको सकूशल उद्धार भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने अन्यमा तनहुँ भीमाद नगरपालिका वडा ५ की ३७ वर्षीया जमुना गैह्रे र पोखरा २८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी बजगाईं हुन् । तालमा डुबेकामध्ये नेपाली सेनामा कार्यरत रवि खनालकी २८ वर्षीया श्रीमती सपना खनाल र प्राचीनकी २२ वर्षीया आमा नीशा पौडेलको सकूशल उद्धार भएको हो ।

डुंगा गन्तव्यमा पुग्नुअघि करिव २ सय मिटर वर नै दुर्घटनामा परेको हो । डुंगा चढ्ने कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् । यसैबीच सुरक्षाकर्मीले तालमा डुंगा चलाउँदा ५ जनाभन्दा बढी यात्रु चढ्न नपाउने जनाएको छ । साथै अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनुपर्ने विषयलाई कडाइका साथ पालना गर्न आग्रह गरिएको प्रहरी निरीक्षक रावतले जानकारी दिए ।

मेयर जिसीद्वारा दुख व्यक्त

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बेगनासतालमा शनिबार भएको अकल्पनीय डुंगा दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

जिसीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी घटनामा निधन भएकाको अमर आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्तिमा डुंगा दुर्घटना भएर बेपत्ता भएकाकोे उद्धार र खोजीमा कुनै कुसर बाँकी नराख्न सम्बन्धित निकायलाई जिसीले आग्रह गरेका छन् ।

‘डुंगामा यात्रा गर्दा अपनाउनु पर्ने सावधानी नपनाउँदा वषेनी यस्ता दुर्घटना पटकपटक भएका छन्’, मेयर जिसीको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाप्रति महानगरको ध्यानाकर्षण भएको र जलयात्रामा अपनाउनुपर्ने सावधानी अपनाएर मात्र यात्रा गर्न आम नगरबासी र सबैमा अनुरोध गर्दछु ।’

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width