एपीएफलाई पन्छाउँदै आयोजक फाइनलमा

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७५

लेखनाथ, २४ भदौ ।घरेलु मैदानको फाइदा उठाउँदै आयोजक आर्दश क्लव लेखनाथको भण्डारढिक सैनिक बस्तीमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को फाइनल प्रबेस गरेको छ । प्रतिकुल मौसमका बाबजुद पनि क्लवले विभागीय टोली सशस्त्र प्रहरी वलको एपीएफमाथि ४-० को शान्दार जित हात पार्दै उपाधि नजिक पुगेको हो ।

आदर्श क्लवको जितमा विमल राना, देवप्रसुाद गुरुङ, सरेन क्षत्री र म्यान अफ दी म्याच घोषित भिसन गुरुङले एक/एक गोलको योगदन दिए । आदर्श क्लवले सोमबार हुने दोश्रो सेमिफाइनल खेल जाउलाखेल युथ क्लव र एन्फा स्याङजाबीचको विजेतासँग भदौं २७ गते फाइनल खेलमा प्रतिस्प्रधा गर्नेछ ।

पहिलो हापमा गोलरहित खेल बराबरीमा टुंगिएपनि दोश्रो हाफको सुरुवातमा पेनाल्टीमार्फत एक गोलले पछि परेको एपीएफले कम व्याक गर्न सकेन । दोश्रो रोजाईका खेलाडीहरु ल्याएको एपीएफले दोश्रो हाफमा पहिलो रोजाइका गोलरक्षक अजित विक घाइते हुनु दुर्भाग्य रहृयो ।

खेलको करिब १५ मिनेट बाँकी छदा रेडकार्ड पाएका विजयसिंह ठकुरी मैदानबाट बाहिरएका थिए ।

दोश्रो हाफको खेल सुरुभएसंगै ठूलो बर्षाका कारण केही दर्शकले पानीमा भिज्दै फुटवल हेरेका थिए भने केही आफ्नो गन्तव्यमा लागेका थिए ।

एपीएफका कप्तान चक्र क्षेत्रीले रेफ्रीको गलत निर्णायको कारण आफूहरुको पहिलो रोजाईको गोलरक्षक घाइते भएको हुँदा हार व्यहोर्र्नुपरेको बताए । आदर्शका प्रशिक्षक विश्वास गुरुङले आफूहरुले घरेलु मैदानको फाइदा उठाउन सक्दा जित सहज भएको बताए ।

यसैबीच, सोमबार दोश्रो सेमिफाइनल खेल जाउलाखेल युथ क्लव र एन्फा स्याङ्जाबीच हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा स्पोर्ट्स अवार्ड समिति

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणका लागि संयोजकमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराललाई तोकिएको छ…
  • पोखरामा आर्चरी प्रशिक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०७९
    पोखरा । पोखरा रंगशालाको आर्चरी प्रशिक्षण केन्द्रमा आर्चरी लेवन वान ओलम्पिक सोलीडारिटी प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । एक साता…
  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…

hero news full width