हेमजा, २४ भदौं ।ढिकुरपोखरीमा जारी तीजमेलाको प्रमुख आकर्षणका रुपमा रहेको खुल्ला नकआउट फुटवल प्रतियोगिता अर्न्तगत आइतवार दुर्इ खेल सम्पन्न भएका छन ।
आइतवार गगन टाटु र याग्दी युथ क्लव बीच भएको पहिलो खेलमा २-० गोलअन्तरले पछि पार्दै गगन टाटु बिजयी भएको छ।
गगन टाटुको जितका लागि खेलको दोस्रो हाफमा जर्सीनं. ९ का बिशाल थापामगर र जर्सीनं. १४ का सुमन गुरुङले १/१ गोल गरेका थिए ।सो गेममा गगन टाटुका सुमन गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै, मालेपाटन एफसी र हेमजा युनाइटेड बीचको दोस्रो खेलमा ५-० को फराकिलो गोलअन्तरले युनाईटेडलाई स्तब्ध पार्दै मालेपाटन एफसी बिजयी भएको छ । मालेपाटनको जीतका लागि जर्सीनं. १२ का विनोद गुरुङले हयाटि्रक गरेका थिए भने जर्सीनं. ८ का गोविद थापाले दुर्इ गोल चुमाएका थिए ।
प्रतियोगितामा मालेपाटनका विनोद गुरुङले म्यान अफ्दी म्याच पाएका थिए । सोमवारको पहिलो खेल आयोजक संजाल ए र फेवा क्लव पामे बीच विहान ११ बजे र दोस्रो खेल एपीएफ तथा श्रृङखला युवा क्लव भलाम बीच दिउँसो दुर्इबजे हुने आयोजक ढिकुरपोखरी युवा संजालका महासचिव दिल जिसीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
उदय र आशलाई कञ्चन पत्रकारिता पुरस्कार’
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९