खैरेनीटार, २४ भदौ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस अवसरमा विद्यार्थीलाई सम्मान गरिएको छ ।
गत वर्षको एसर्इइ परीक्षामा जिपिए ३.९५ ल्याई उत्कृष्ट हुन सफल पञ्चमुनीदेव माविका मुस्कान भट्टराई र अरनीको माविकी सृष्टि राना, जिपिए ३.९० ल्याई तनहुँ जिल्लामा दोस्रो हुन सफल खैरेनी माविकी छात्रा स्मृति घिमिरे, सत्यवती माविकी छात्रा सोफिया थापा, राधा माविकी छात्रा सजना केशी, रामशाह माविका छात्र श्रीदीप कैनी र मेघदह माविकी छात्रा वीपसा थापालाई प्रमाणपत्र साथ सम्मान गरिएको थियो। यस्तै, व्यास नगरपालिकाले नगरपालिकाभरका विद्यालयमध्येबाट उत्कृष्ट हुन सफल विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।
प्रतियोगितामा माहेन्द्री माविका छात्र बलराम खनाल प्रथम भएका थिए । सत्यवती माविकी छात्रा अईसा पन्त दोस्रो र चण्डीदेवी राष्ट्रिय माविकी छात्रा वीनिता सापकोटा तृतीय थिइन् । निर्णायकमा कल्पना लम्साल, कुमारकञ्चन जिसी र रामकुमार अधिकारी रहेका थिए ।
प्रमुख अतिथि प्रदेशसभा सदस्य दोबाटे विकले सपना नदेखी लक्ष्यमा पुग्न नसकिने बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, तनहुँका प्रमुख रामप्रसाद शर्माले विद्यार्थीको क्षमता फरक फरक हुने बताए । उनले विद्यार्थीको चाहना अनुसार सिकाइ गराउनुपर्ने पनि जनाए ।
कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख नीरा जोशी, नगर शिक्षा समितिका सदस्य तथा वडा १४ का वडाध्यक्ष काजिमान श्रेष्ठ, सत्यवती माविका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, नगर शिक्षा संघका वीरबहादुर बस्नेत, राष्ट्रिय शिक्षक संगठनका श्रीकान्त नागिला, राष्ट्रिय अखिल शिक्षक संगठनका अध्यक्ष गजेन्द्र पन्त, भरत बराल लगायत बोलेका थिए ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा स्वागत स्रोतव्यक्ति नारायणदत्त पौडेल र संचालन मोहन खड्काले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९