हेेमजा, २४ भदौं ।शिक्षा युवा तथा खेलकुद शाखा अन्नपूर्ण गाउँपालिकाले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस दुर्इदिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ।
दिवसकै उपलक्ष्यमा शाखाले उत्कृष्ठ ३ सामुदायिक र १ संस्थागत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, उत्कृष्ठ ३ सामुदायिक र १ संस्थागत माध्यमिक तहका शिक्षक, निम्नमाध्यमिक तहका शिक्षक ३, प्राथमिक तहका ४, बाल शिक्षक ३ तथा विद्यालय सहयोगी ३ जनालाई सम्मान गरेको छ ।
त्यस्तै र्एसइर्इ परीक्षा २०७४ मा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ठ माछापुच्छे्र माविकी छात्रा अमृता अधिकारी र सिर्जना माविका छात्र विजय अधिकारी तथा गाउँपालिका भरमै सवोर्त्कृष्ठ ग्रेड ल्याउन सफल मर्निङस्टार माविका छात्र सुवास सुवेदी र छात्रा कविता पौडेललाई पनि सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी उपमहालेखा परीक्षक राममाया कुँवर, पाठ्यक्रम विकास केन्द्रका निर्देशक विष्णुप्रसाद अधिकारी, सम्मानित शिक्षकहरुको तर्फबाट परशु आधारभूत विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारी, विभिन्न शिक्षक संगठनका प्रतिनिधि, विद्यार्थी लगायतले आ-आफ्नो भनाई राखेका थिए । शाखाले दिवसकै अवसरमा शुक्रवार माध्यमिक तहस्तरीय निबन्ध र चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष सगुन गुरुङले स्वागत तथा कार्यक्रमको संचालन गाउँ शिक्षा अधिकारी बलराम भुगाईले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९