हेमजा, २४ भदौं ।अन्नपूर्ण-६, लुम्ले निवासी राजनैतिक एवम शैक्षिक व्यक्तित्व स्वः यमलाल देवकोटोको दोस्रो स्मृति सभा आइतवार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी प्यासीले स्वः देवकोटा राजनैतिक, सामाजिक, शैक्षिक व्यक्तित्व भएको चर्चा गर्दै स्वः देवकोटाको निधनले पार्टीर समाजलाई अपुरणिय क्षेती पुगेको औँल्याए । उनले नेपालमा राजनैतिक आन्दोलन सकिएपनि विकासको आन्दोलन भने जारी रहेको जनाएका थिए । विशेष अतिथी गण्डकी प्रदेशका वन,पर्यटन तथा उद्योग मन्त्री विकास लम्सालले स्वः देवकोटालाई मिलनसार सामाजिक अभियान्ताको संज्ञा दिदैं उनको जीवनीबाट राजनीति र शिक्षाको क्षेत्रमा धेरै पाठ सिक्नुपर्ने बताए । मन्त्री लम्सालले वर्तमान सरकारलाई असफल हुन छुट नभएको भन्दै निर्वाचनको समयमा अभिव्यक्त प्रतिबद्घतालाई इमान्दारपूर्वक काम गरेर देखाउने प्रतिबद्घता व्यक्त गरे ।
नेकपाका नेता एवं राजनैतिक चिन्तक रामराज रेग्मीले स्वः देवकोटाको स्मृतिमा प्रतिष्ठान खोल्नु गौरवको पक्ष भएको भन्दै उनले नेपालको शैक्षिक आन्दोलनमा पनि भुमिका खेलेको स्मरण गरे । वडा अध्यक्ष चित्रबहादुर गुरुङले स्वः देवकोटा अध्ययनशील सामाजिक व्यक्तित्व भएको प्रष्ठ पार्दै लुम्ले पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएको चर्चा गरेका थिए ।
कार्यक्रमबीच एमाले लुम्लेका अध्यक्ष एकदेव देवकोटा, शिक्षक संगठन अन्नपूर्ण गाउँपालिकाका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद सुवेदी, स्थानीय समाजसेवी गोलमान गुरुङलगायतले पनि बोलेका थिए ।
त्यस अवसरमा समाजसेवी गोलमान गुरुङ तथा स्वःदेवकोटाले पढाएका दुर्इ विद्यालयका उत्कष्ठ विद्यार्थी विन्धवासिनी मावि वरपाटनका सुमन मगर र संगम मावि चन्द्रकोटका सागर देवकोटालाई सम्मान गरिएको थियो । आयोजक यमलाल स्मृति शैक्षिक प्रतिष्ठानका सदस्य तथा स्वः देवकोटाका भाई सुनिल देवकोटाले संस्थालाई बैधानिकता दिनुपर्नेमा जोड दिदैं स्वः देवकोटाको योगदानको चर्चा गरेका थिए । प्रतिष्ठानका सहसंयोजक विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य सुनिल देवकोटाले स्वागत तथा कार्यक्रमको संचालन प्रतिष्ठानका सदस्य विवेक देवकोटाले गरेका थिए । स्वः देवकोटाको दुर्इ वर्ष अगाडि ४९ वर्षको उमेरमा निधन भएको थियो ।
Related News
सम्बन्धित समाचार
आकस्मिक रक्तदानमा ५३ युनिट रगत
गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट
पढ्न वञ्चितलाई निशुल्क भर्ना
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९