लेखनाथ, २३ भदौ। बेगनासतालमा शनिबार दिउँसो डुंगा पल्टिदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना बेपत्ता छन् भने २ जनाको सकूशल उद्धार भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा तनहुँ जिल्ला भीमाद नगरपालिका वडा-५ की ३७ वर्षीया जमुना गैह्रे र पोखरा-२८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी बजगाईं छन् ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार दुर्घटनामा परी ४ जना बालक सहित ६ जना बेपत्ता भएका हुन् । उद्धारपछि उपचारार्थ अस्पताल पठाइएकोमा जमुनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कृष्णकुमारीको लायन्स सामुदायिक अस्पताल लेखनाथमा उपचारक्रममा मृत्यु भएको हो ।
बेपत्ता हुनेमा जमुनाका ५ वर्षीय छोरा रंजित गैह्रे, नवलपरासी जिल्ला गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका दुर्इ छोराहरु ७ वर्षी शंकर र ८ वर्षीय शिव, पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनिषा बजगाईं र ५ वर्षीय प्राचीन पौडेल छन् ।
घटना विवरण अनुसार तीज अवसरमा आफन्तको निमन्त्रणामा छोराछोरी लिएर माइत जानेक्रममा उनीहरु सवार डुंगा बेगनास तालको लिब्दी टुँडमा दुर्घटनामा परेको हो ।
एउटै डुंगामा १० जना सवार थिए । तालमा डुबेकामध्ये रवि खनालकी श्रीमती २८ वर्षीया सपना खनाल र प्राचीनकी २२ वर्षीया आमा नीशा पौडेलको सकूशल उद्धार भएको हो । डुंगा नेपाली सेनामा कार्यरत रविले चलाएका थिए ।
कान्तिपुरमा कार्यरत समेत रहेका रविका आफन्त कमलराज कँडेलले डुंगा चढाएपछि आफू एक्लै डुंगा लिएर गएका थिए । उनले तीजमा चेलीबेटी भेटघाटका लागि बोलाएका थिए । आफन्त चढेको डुंगा डुबेको देखेपछि उनी बेहोस भएका थिए । उद्धार क्रममा उनी सामान्य घाइते छन् ।
डुंगा सयरक्रममा विस्तारै डुंगामा पानी भरिँदै गएको थियो । हातैले पानी बाहिर फाल्ने प्रयास असफल बन्दै जाँदा बेगनास ताल लिब्दी टुडाँ नजिकै पुग्दा ५ वषिर्य प्राचीन पौडेल तालमा खसेपछि आमा नीशा उद्धारको लागि तालमा हाम फालिन् । तालमा हाम फालेपछि डुंगाको सन्तुलन गुम्यो र डुंगा पल्टियो । डुंगामा सवार सबै जना तालमा घोप्टिए । निशा र सपना भने पौडी खेल्न जानेकै कारण उनीहरुलाई स्थानीयले तत्कालै उद्धार गरी बाहिर निकाल्न सकेका हुन् ।
उद्धारमा स्थानीयसहित जलासी समुदाय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत जुटेका थिए। शनिबार राति अबेरसम्म बेपत्ता नभेटिएपछि आइतबार बिहानसम्मका लागि उद्धार कार्य स्थगित गरिएको कास्की प्रहरी प्रमुख रानाले जानकारी दिए । उनका अनुसार डुंगा सवारहरुले सुरक्षाका लागि लाइफ ज्याकेटसमेत लगाएको पाइएन । जसका कारण ठूलो मानवीय क्षति हुन गयो । थप उद्धारका लागि चितवन कुरिनटारस्थित सशस्त्र प्रहरीको तालिमप्राप्त गोताखोर टोली आउने र उद्धार कार्य आइतबार बिहानैदेखि जारी राख्ने उनले बताए । बेगनास ताल डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । यसैबीच, जमुनाका आफन्त गोविन्द भण्डारीले तालमा लाइफ ल्याकेट नलगाई डुंगा चढ्न दिँदा यसरी ज्यानै गएको भन्दै रोष प्रकट गरे । उनले आगामी दिनमा यस्तो घटना हुन नदिन प्रशासनले ध्यान पुर्याउनुपर्ने बताउँछन् ।
उता, सो दुर्घटनाबाट भएको मानवीय क्षत्रि्रति वेगनासताल डुंगा व्यवसाय समितिले दुःख व्यक्त गरेको छ । समिति अध्यक्ष शोमाराज कँडेल र सचिव पुष्पराज पाण्डेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा अकल्पनीय दुर्घटनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै समस्त परिवारजनमा धैर्यधारणा गर्ने शक्ति भगवान्ले प्रदान गरुन् भनिएको छ ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९