कराँतेको गृष्मकालिन शिविर

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५

पोखरा, २३ भदौ। नेपाल फुल कन्ट्याक्ट कराते महासंघद्वारा आयोजित गृष्मकालीन प्रशिक्षण शिविर सम्पन्न भएको छ। यसखालको शिविर वर्षमा २ पटक आयोजना गरिन्छ ।

तीन दिनसम्म चलेको शिविरमा देशभरका १४ वटा संघमा आवद्ध १ सय ५० जना खेलाडीको सहभागिता थियो।

सोही प्रशिक्षण शिविरमा निर्णायकका लागि रेफ्रि सेमीनार समेत सञ्चालन गरिएको थियो। प्रशिक्षण समापनमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा विकास गर्न आफूहरु दृढ रहेको बताए।

उनले केही खेललाई पदक आउने गरी महानगरले लगानी गर्ने वातावरण बनाउनेतर्फ सोच बनाएको बताए।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कावा अध्यक्ष सम्पन्न श्रेष्ठले व्यक्तिगत स्वार्थका लागि खोलिएका संघहरुका कारण खेलाडीको भविष्य संकटमा परेको टिप्पणी गरे ।

महासंघका अध्यक्ष दमन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य अशोककुमार श्रेष्ठ लगायत बोलेका थिए।

सो अवसरमा वरिष्ठ प्रशिक्षक शिव गुरुङ र महिला खेलाडी सीता राई तथा अन्य खेलाडीले प्रशिक्षणमा सिकेको सीप प्रदर्शन समेत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • न्यू मोडलको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । न्यू मोडल सेकेण्डरी स्कुल, नागढुंगा आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित फुटसल सञ्चालन गरिएको छ । प्रतियोगिता उद्घाटन…
  • गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा  । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा…
  • हक्की प्रतियोगिता हुँदै

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश हक्की संघ व्यवस्थापनमा शुक्रबारदेखि प्रदेशस्तरीय अन्तरजिल्ला हक्की प्रतियोगिता हुँदैछ ।…
  • कास्की जुडोमा छन्त्याल

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    पोखरा । कास्की जिल्ला जुडो संघ अध्यक्षमा पद्म छन्त्याल निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले छन्त्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित…
  • भेट्रान कप फुटसल जारी

    आदर्श समाज सम्वाददाता असार ७, २०८१
    लमजुङ । प्रथम भेट्रान फुटसल लमजुङ कपमा दोस्रो चरणअन्तर्गत बुधबार ३ खेल भए । बेसीसहरस्थित सहजी खेल मैदानमा सञ्चालित दोस्रो…

hero news full width