राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा गफाडी प्रथम

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५

लमजुङ, २३ भदौ। चौथो राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा काठमाडौका गफाडी प्रथम भएका छन्।लमजुङको पहिलो पत्रिका अन्तरङगले आफ्नो २७ औं वाषिर्कोत्सव अवसरमा आयोजना गरेको सो प्रतियोगितामा १ सय १६ जना प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा सन्तोष अम्गाई गोरखा द्वितीय, मदन घिमिरे कास्की तृतीय, यस्तै प्रकाश समीर बाग्ालुङ र राधा पाण्डे गान्तोक सिक्किम सान्त्वना भए ।

प्रथमले १२ हजार, द्वितीयले ८ हजार, तृतीयले ५ हजार र सान्त्वनाले जनही ३ हजार साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।

पुरस्कार वितरण समारोह अध्यक्ष सुधा ढकाल पहाडीका अनुसार उत्कृष्ट १० पर्नेहरुमा कृष्णा भण्डारी कँडेल पाल्पा, गंगा ढकाल रुपन्देही, देवीमाया बास्कोटा पाँचथर, एसपि असफल स्याङ्जा र दिनेश पुन रुकुम थिए।

विजयीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद धनञ्जय दवाडी, संविधानसभाका पूर्व सदस्य जमीन्द्रमान घले, वेशीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा मुक्तकका अध्येता असफल गौतमले नेपाली मुक्तक परम्परा र विकासक्रम विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। यस्तै, प्रतियोगितामा प्राप्त मुक्तकको संग्रह अनुपम-२ विमोचन गर्नुका साथै मुक्तकका स्थापित स्रष्टाद्वय गौरी तमु पोखरा र लोकेन्द्र डहरे सिन्धुलीलाई अन्तर· मुक्तक उत्सव राष्ट्रिय सम्मान-२०७५ बाट सम्मान गरिएको कार्यक्रम संयोजक एवम् अन्तर· पत्रिकाका सम्पादक नवराज पहाडीले जानकारी दिए।

यस्तै, लोककला संस्कृति तथा साहित्य क्षेत्रबाट अभियन्ताका रुपमा अन्तर· मुक्तक उत्सव राष्ट्रिय सम्मान-२०७५ साहित्यकार पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष गोर्खे साइँलो, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका संरक्षक बुद्धिमान दुरा धम्पु, उनका गायन जोडी सीता दुरा, नाट्य, कलाकर्मी एवम् साहित्यकार पुरु लम्साल र मकैडाँडा साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर सुयललाई प्रदान गरियो ।

कार्यक्रममा वेशीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, समाजसेवी सानुमाया गुरुङ, डिकेन्द्र कँडेल, राजेन्द्र बोहरा, रामबाबु श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, महेन्द्रराज वाग्ले, प्रधानाध्यापक नानुमाया पराजुली, महिला उद्यमी पार्वती श्रेष्ठ, इ सञ्जोग लामिछानेलाई पनि अन्तर· मुक्तक उत्सव राष्ट्रिय सम्मान-२०७५ बाट सम्मान गरियो।

त्यसैगरी, अन्तर· र लमजुङ रत्नका विचार तथा स्तम्भ लेखक दामोदर अधिकारी, केवि मसाल, तीर्थराज पराजुली, विनोद न्यौपाने, केयरसिंह गुरुङ साथै संवाददाता बेलबहादुर न्यौपाने, अधीर अधिकारी पनि सम्मानित भए ।

सो अवसरमा सांसद दवाडीले लेख्ने विधा घाटाको भए पनि लेख्नुको विकल्प नभएको बताए । उनले साहित्यले मनलाई जोड्ने र तोड्ने काम पनि गर्ने सामथ्य राख्ने बताए । उनले साहित्यकारलाई दलको झण्डा नबोक्न समेत आग्रह गर्दै सिर्जनशील लेखनमा लाग्न आग्रह गरे। पूर्व सांसद जमिन्द्रमान घलेले लमजुङको चिनारीका लागि आयोजित कार्यक्रम कोशेढुंगा हुने बताए। स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलालेसाहित्यकारले समाजलाई सचेत र चेनतशील बताउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले कार्यक्रमस्थलमा बस्दाबस्दै आफूले रचना गरेका २ मुक्तक वाचन समेत गरे ।लमजुङ रत्नका प्रकाशक सुधा ढकाल पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा लम्जुङका सहायक स्थानीय विकास अधिकारी काजी सुनार, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, साहित्यकार गोर्खे साइँलो, लोकगायक धम्पु दुरा सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक एवम् अन्तर· पत्रिकाका सम्पादक नवराज पहाडी र लालुमाया गुरुङले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width