पोखरा, २३ भदौ । मल्याङकोट-पोखरा सपर्क मञ्चको आठौं साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा ८० वर्ष पूरा गरेका मञ्चका ज्येष्ठ सदस्य गुप्तबहादुर थापालाई मञ्चले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्यो ।
त्यसैगरी, विदेशमा रहेर हाल बिदा मनाउन स्वदेश फर्किएका दीपक मल्ल, सुरेन्द्र खाँड, गुमानसिंह गुरुङ, डा शिरीष खाँड र संचारकर्मी रीमा शाहीलाई मञ्चले सम्मानपत्र गर्यो ।
गत वर्षको एसर्इइ परीक्षा उत्तीर्ण रुविशा खाँड र दिवस मल्ललाई पनि सम्मान गरियो ।
उनीहरुलाई प्रमुख अतिथि रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखराकी इन्द्रा गुरुङ, मञ्चका अध्यक्ष नेत्रबहादुर सेन र सल्लाहकार अशीलकुमार शाहीलगायतले सम्मान गरेका हुन् ।
कार्यक्रममा सचिव सन्तबहादुर गुरुङले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सु.मे. गोविन्दबहादुर खाँडले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि गुरुङले मञ्चले सेयर सदस्यहरुलाई समेटेर उदाहरणीय कार्यहरु गरेको उल्लेख गरिन् ।
कार्यक्रममा मञ्चका सल्लाहकार निर्मल गिरी, रेडियो नेपाल पोखराकी कार्यक्रम अधिकृत शान्ति राणा शाही र मञ्चका पूर्व अध्यक्ष रुकबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मञ्चका अध्यक्ष नेत्रबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टुकबहादुर सारुमगरले स्वागत मन्तव्य र सचिव सन्तबहादुर गुरुङले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९