पोखरा, २३ भदौ । यस दैनिकका सहायक सम्पादक विजय नेपाललाई मेघा एफएम ९४.५ मेगाहर्जले सम्मान गरेको छ ।
तीज अवसरमा एफएमले शनिवार आयोजना गरेको मेघा खुला तीज गीत प्रतियोगिताबीच पत्रकारिता मार्फत सामाजिक योगदान पुर्याएको कदरस्वरुप प्रमुख अतिथि गायक बाबा राणाले उनलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरेकी हुन् । १५ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील नेपाल राजधानी दैनिकका पोखरा संवाददाता समेत हुन् । प्रमुख अतिथि बाबा राणाले एफएमको प्रगतिको कामना गर्दै गीत-संगीतलाई माया गर्नुपर्ने बताइन् । सम्मानित व्यक्तित्व विजय नेपालले सम्मानले अझ उत्प्रेरणा थपेको बताए ।
एफएमका प्रबन्ध निर्देशक देशभक्तसिंह कुँवरले प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिने बताए ।
सो अवसरमा गायक/गायिका कुमार पुन, सीता केसी, सुरेन्द्र गुरुङ, रामजी पौडेल, नेत्र खड्का लगायतले गायन प्रस्तुत गरेका थिए । यसैबीच, तीजगीत प्रतियोगितामा प्रथम कामधेनु कृषक समूह हेमजा, दोस्रो सक्षम अभियान नेपाल, विन्ध्यवासिनी, तेस्रो दिदीबहिनी समूह लेखनाथ र सान्त्वना दिदीबहिनी समूह चाउथे भएको प्रतियोगिता संयोजक ऋषिराम दाहालले जानकारी दिए । ९ टिमले भाग लिएको प्रतियोगितामा उत्कृष्ट नृत्यको पुरस्कार बिन्दा अधिकारीले पाइन् । प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार, तृतीयलाई ६ हजार र सान्त्वनालाई ३ हजार साथमा प्रमाणपत्र प्रदान गरियो ।
एफएम अध्यक्ष क्षेत्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक दाहाल, स्वागत नृत्य वर्षा क्षत्री तथा संचालन संचारकर्मी तिर्सना गुरुङ र अम्बिका राणाले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा वर्षा क्षेत्रीले स्वागत नृत्य प्रस्तुत गरिन् । निर्णायकमा गीतकार सुमन श्रापित, गायक कुमार पुन र गायिका सीता केसी थिए ।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९