पोखरा, २१ भदौ। नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कास्कीले विहीवार कार्ययोजना सहितको चुनावी प्रतिबद्वता सार्वजनिक गरेको छ। चुनाव प्रचारप्रसार समितिले पोखरामा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक समूहको कार्ययोजना तथा प्रतिबद्वता सार्वजनिक गरेको हो।
पोखरामा भदौ २२ र २३ गते हुन लागेको नेपाल निर्माण व्यवसायी संघ कास्कीको २६ औं साधारणसभा तथा १४ औं जिल्ला अधिवेशनमा लोकतान्त्रिक समूह प्यानल सहित होमिएको छ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कास्कीका सल्लाहकार प्रकाशमोहन खनालले लोकतान्त्रिक समूहतर्फबाट कार्ययोजना तथा प्रतिबद्वता सार्वजनिक गरेका थिए।
लोकतान्त्रिक समूहले सार्वजनिक गरेको कार्ययोजना र प्रतिबद्वतामा कास्की शाखाको शाखलाई जोगाउँदै अझ व्यापक र मजबुद बनाउने, पूर्वाधार निर्माणका लागि सरकारको असल सहयात्री बन्ने, निर्माण व्यवसायीको बौद्विक, चारित्रिक र व्यावसायिक क्षमता वृद्वि गर्ने, निर्माण व्यवसाय ऐन, सार्वजनिक खरिद ऐन र सोको कार्यान्वयनका लागि बन्ने नियमावलीका अव्यवहारिक र प्रतिकूल व्यवस्था समयसापेक्ष परिमार्जन गर्न पहल गर्ने छन्।
त्यस्तै, व्यवसायीहरुलाई सहज ढंगबाट आर्थिक, कानूनी र प्रविधिक सेवा उपलब्ध गराउने, राज्यपक्षबाट व्यवसायीमाथि हुँदै आएका गिरफ्तारी, धरपकडविरुद्व संघर्षमा उत्रने, निर्माण व्यवसायीप्रतिको नकारात्मक भ्रम चिर्ने, आवश्यक बजेट बिनाआव्हान गरिने दरभाउपत्र-बोलपत्र सम्बन्धमा सम्वन्धित पक्षलाई ध्यानाकर्षण गराउने लगायत विषयहरु उल्लेख छन्। लोकतान्त्रिक निर्माण व्यवसायी संघले मुलुकी अपराध -संहिता) ऐन २०७४ को परिच्छेद २१ को दफा २५० सहित निर्माण व्यवसायी प्रतिकुलका व्यवस्थाप्रति आपत्ति जनाएको छ। कार्यक्रममा नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका सल्लाहकार शिवशंकर गौचनले निर्माण व्यवसायीले समस्या झेलिरहनु परेको भन्दै समस्या समाधानका लागि संघ दृढ रहेको बताए। अध्यक्षका प्रत्यासी सुरेश श्रेष्ठले सबै व्यवसायीलाई एकताबद्व गर्दै व्यवसायिक हितका लागि केन्द्रित रहने प्रतिबद्वता व्यक्त गरे। अधिवेशनमा अध्यक्ष श्रेष्ठको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष बलबहादुर राना -कान्छा), उपाध्यक्ष दीपेन्द्र मसारी, सचिव टेकबहादुर भुजेल -टीका), सहसचिव इ. शिरशकुमार बास्तोला, कोषाध्यक्ष लिलकाजी गुरुङ, सहकोषाध्यक्ष हिरामणि पोखेल र सदस्य होमबहादुर भुजेल, ध्रुवबाबु भट्टराई (आइडी), इ. ज्ञानेन्द्र घिमिरे, सुमन श्रेष्ठ, बुद्विमान तामाङ (गोले) र हिक्मतजंग कार्कीको समूह होमिएको छ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष संजीव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शरदराज सुवेदीले स्वागत र सल्लाहकार प्रकाशमोहन खनालले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९