पोखरा, २१ भदौ। पोखरा उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि रवीन्द्रबहादुर प्रजुको प्यानल पनि आधिकारिक घोषणा भएको छ।
पोखरामा विहीबार पत्रकार सम्मेलन गरी प्रजुले आफ्नो प्यानलका सबै उम्मेदवार घोषणा गरेका हुन्।
प्रजु प्यानलको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा पवनकुमार प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चीनुकुमारी गुरुङले उम्मेदवारी दिने पक्का भएको छ।
खुला सदस्यतर्फ बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी छन्। अन्य सदस्यहरु पछि थप हुने प्रजुले बताए।
‘आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रगति’ भन्ने नाराका साथ चुनावमा होमिएको प्रजु प्यानलले व्यावसायिक हकअधिकार तथा पोखराको विकासका एजेण्डाहरु समेत अघि सारेको छ।
खासगरी व्यवसायीको समस्या र चुनौती समाधान गर्नकै लागि आफ्नो प्यानल घोषणा भएको अध्यक्षका प्रत्यासी रवीन्द्रबहादुर प्रजुले बताए। उद्योग वाणिज्य संघमा कहिलेकाहीँ व्यवसायीबीच नै फाटो ल्याउने र गरिमालाई बदनियत गर्नेहरुसँग सतर्क रहन उनले आग्रह गरे। ‘कहिलेकाहीँ उद्योग वाणिज्य संघको गरिमालाई नै आँच पुग्ने गरी व्यवसायीहरुबीचमा दुष्प्रयास र हल्लाहरु गरिन्छन्। विभिन्न नाममा संगठन जन्माएर उद्योग वाणिज्य संघलाई कमजोर बनाउन प्रहार गर्ने कामहरु भएका छन्,’ उनले भने, ‘तर व्यवसायीको सामूहिक अठोटका कारण उट्पट्याङ र बदनियतहरु सधैँ परास्त भएका छन्। र पछि पनि परास्त हुनेछन्।’
प्यानलले घोषणापत्र समेत जारी गरेको छ। अनुभव सहितको संगठनले मात्रै संघको गरिमा उकासिने भन्दै पुराना र अनुभवी व्यवसायीहरु आफ्नो प्यानलमा रहेकोले मतदानका लागि घोषणापत्र मार्फत आग्रह गरिएको छ। पोखरालाई हेन लायक गन्तव्य बनाउने, पोखरामा लगानी आकर्षण गर्नका लागि लगानी सम्मेलन गर्न सरकारसँग समन्वय गर्ने, जाइका र स्थानीय सरकारसँग समन्वय गरेर ५ अर्बको खानेपानी सुदृढीकरण तथा शुद्धिकरण परियोजना सञ्चालन गर्ने महत्वकांक्षी योजना अघि सारिएको छ। यस्तै, विदेशमा हुने मेला तथा प्रदर्शनीमा पोखरेली व्यवसायीलाई जाने सहज वातावरण तयार गर्ने, पोखराको ट्राफिक जाम र पार्किङ व्यवस्थापनका लागि आवश्यक समन्वय गर्ने, पोखरामा विदेशी पर्यटकका लागि लक्षित गरी कोशेली घर स्थापना गर्ने, पोखरा वरपर होमस्टे सञ्चालन गर्न स्थानीय सरकारसँग समन्वय गर्ने, व्यवसायीलाई विभिन्न शीर्षकमा थुपार्ने करहरुको विरोध सहित वैज्ञानिक कर प्रणालीका बारेमा सरकारलाई सचेत गराउने, अन्य मुलुकको व्यावसायिक संघ संस्थासँग भगिनि सम्बन्ध कायम गर्ने, पोखरामा अत्यधुनिक बधशाला निर्माण गर्ने, र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर संवाद र पहल गर्ने योजना अघि सारिएको छ।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९