भलिबलमा आर्मी र न्यू डायमन्डबीच उद्घाटन खेल

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७५

पोखरा, २१ भदौ। लामाचौरमा हुने महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी र शिवम् सिमेन्ट न्यू डायमन्ड भिड्ने भएका छन्।

भदौ २५ देखि २७ गतेसम्म संचालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल, शिवम् सिमेन्ट न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, नेपाल आर्मी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टार्इगर्स र टप्स मावि पोखरा गरी ७ टिमल सहभागिता जनाउने छन्।

प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन टार्इगर्स रहेका छन् ‘बी’ मा डायमण्ड, टप्स मावि पोखरा र नेपाल आर्मीको त्रिभुवन क्लब रहेको नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले बताए।

प्रतियोगिताअन्तर्गत २५ गते बिहान ७ बजे शुरु हुने खेलमा पहिलो खेल टप्स र न्यू डायमन्डबीच हुनेछ ।

विजेताले १ लाख र उपविजेताले ६५ हजार, तेस्रोले २५ हजार र चौथोले १५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

महोत्सवमा भलिबलसँगै तीजगीत प्रतियोगिता एवं विविध प्रतियोगिता समावेश गरिएको छ। महोत्सवको सबै तयारी पूरा भएको आयोजक नवआदर्श सामुदायिक विकासका अध्यक्ष बमबहादुर गुरुङले बताए ।

प्रचारप्रसार उपसमिति संयोजक धर्ममानसिंह भण्डारीले महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शववाहन सेवामा खर्च गर्दै आएको बताए।

महोत्सवमा कलाकार सम्झना भण्डारी, काजल गुरुङ, नेत्रपाणि बास्तोला, बबिता बानियाँ ‘जेरी’, प्रीति आले, मञ्जु पौडेल, खुमन अधिकारी, दीपक खड्का, रामजी पौडेल, चोलेन्द्र पौडेल, बसन्त थापा, ज्योति लोहनी, चन्द्र शर्मा, शंकरविरही गुरुङ, प्रदीप त्रिपाठी, कृष्ण भण्डारीलगायतको प्रस्तुति रहनेछ । यस्तै हास्यव्यङ्ग्य प्रहसनसमेत हुने आयोजकले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • वीरेठाँटीमा तेक्वान्दो प्रशिक्षण

    आदर्श समाज सम्वाददाता असाेज ११, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी माविमा तेक्वान्दो तालिम सुरु गरिएको छ । विश्व तेक्वान्दो संघको सहयोगमा १ वर्षसम्म…
  • शुक्ललाई गल्फ उपाधि

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुदमा ४ पुरुष र ३ महिला गल्फर प्रशिक्षणमा व्यस्त रहँदा प्रतिस्पर्धात्मक खेल खेल्दै पाका गल्फरले उनीहरुलाई…
  • तेक्वान्दोको प्रशिक्षण भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । कास्की जिल्ला तेक्वान्दो संघले सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण गर्ने भएको छ । पोखरा रंगशालाभित्र बन्ने भवनको राष्ट्रिय खेलकुद…
  • माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    पोखरा । पोखरामा बिहीबारदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय…
  • खेलकुद पत्रकारिता तालिम

    आदर्श समाज सम्वाददाता असाेज ६, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी आयोजित प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम बुधबार सकिएको छ । राखेपको आयोजना र…

hero news full width