स्याङ्जा, २१ भदौ। लायन्स क्लब अफ डिस्ट्रिक ३२५ बी वानअन्तर्गत स्याङ्जा, वालिङ र गल्याङ सिटीको अध्यक्षमा क्रमशः श्रीराम पोखरेल रामचन्द्र, वालिङ सिटीमा विष्णु सुवेदी गैरे र गल्याङ सिटीमा दुर्गा भण्डारीलाई पदस्थापना गरिएको छ ।
स्याङ्जा सदरमुकाममा विहीवार आयोजित सातौं पदस्थापन समारोहमा उनीहरुको पदस्थापन गरिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सेवा नै धर्म भएकाले सहयोगी हात र मन मिलाउँदै समाजसेवामा लाग्न सबै लायनकर्मीलाई आग्रह गरे।
कार्यक्रममा लायन्स क्लबका बालकृष्ण बुर्लाकोटी, धु्रवबहादुर थापा, मानबहादुर रोका, युक्तप्रसाद श्रेष्ठ, लीला भट्टराई, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, नेपाली काँग्रेसका सचिव कुमार राना, महिला संघका केन्द्रीय उपाध्यक्ष एवं वालिङ सिटीका पूर्व अध्यक्ष सरस्वती तिवारी, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ सुवर्ण च्याम्बर अफ कमर्शका अध्यक्ष निर्मला लम्साल, रेडक्रसका मन्त्री दिनेश अर्याल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। लायन्स क्लब अफ स्याङ्जाका अध्यक्ष भवानी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झण्डाको अभिवादन वालिङ सिटी अध्यक्ष विष्णु गैरे, धन्यवाद वालिङ सिटीका पूर्व अध्यक्ष चेतनारायण श्रेष्ठ र संचालन स्याङ्जाका सचिव धु्रवबन्धु पौडेलले गरेेका थिए।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९