पोखरा, २१ भदौ।’जति नै भौतिक उन्नति गरे पनि संसारमा सुख छैन। आध्यात्मिक ज्ञान विना मानिसले वास्तविक सुख प्राप्त गर्न सक्दैन। यसर्थ भौतिक प्रगति प्रगति होइन, आत्मोन्नति मात्र प्रगति हो।’
नेपाल केशरी डा. मणिभद्र मुनि महाराजले जैन स्थानक भवन पोखरामा बिहीवार लोकोत्तर पर्वका सर्न्दर्भमा प्रवचन गर्दै उक्त कुरा व्यक्त गरेका हुन्।
लौकिक र लोकोत्तर गरी दुर्इ किसिमका पर्व रहेको उल्लेख गर्दै उनले लौकिक पर्वमा आमोद प्रमोद गरिने तर लोकोत्तर पर्वमा भने व्रत उपवास गरी आत्मलाई पवित्र बनाइने बताए।
उनले भने- हामीले आफू भित्रकै कमी कमजोरीहरु केलाएर सुधार गर्यौं भने समाज स्वतः सुधार हुन्छ। जैन स्थानक भवनमा विहीवारदेखि लोकोत्तर पर्व मनाइँदैछ।
पर्वको शुभारम्भका अवसरमा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले शुभकामना व्यक्त गर्दै आफैँलाई शुद्ध नगरी सामाजिक विकृति हटाउन नसकिने बताए। साथै उनले पर्वलाई विधिपूर्वक मनाउँदा सफलता प्राप्त हुने उल्लेख गर्दै तन, मन, धन तीनै कुरा शुद्ध हुनुपर्नेमा जोड दिए।
जैन धर्ममा लोकोत्तर पर्वमध्ये पर्युषण पर्वको अत्यन्त महत्व छ। अष्ट दिवसीय यो पर्वमा जति हुनसक्छ व्रत, उपवास, स्वाध्याय, ध्यान, पूजापाठ गरी आत्मलाई पवित्र बनाउने प्रयत्न हुन्छ। यस पर्वमा अंतकृतदशांग भन्ने सुत्रको माध्यमबाट प्रवचन स्वाध्याय हुन्छ। यस सुत्रमा भगवान् अरिष्टिनेमी र भगवान् महावीरका शासनकालका उत्कृष्ट साधकहरुको साधनाको वर्ण छ। साथै, वासुदेव श्रीकृष्ण भगवान्का महत्वपूर्ण प्रसंगहरु रहेका छन्।
पर्युषण पर्व अन्तर्गत हरियो तरकारी, फलफूलको त्याग, रात्री भोजनको त्याग, आत्मसंयम, आत्म निरीक्षण गर्ने गर्दछन्। यस पर्वको अन्तिम दिवस ऋषिपञ्चमी जसलाई संवत्सरी महापर्व भनिन्छ। यो संवत्सरीको दिनमा व्रत-उपवास स्वाध्याय ध्यान आदिका साथै विगतकालमा आफूद्वारा भएका भूलहरुका लागि पश्चाताप तथा आत्मालोचना (आफ्नो गल्ती स्वीकार) गरिन्छ।
रात्रीमा विशेष आत्म निरीक्षण गरी एक आपसमा क्षमा याचना गर्ने गरिन्छ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९