लेखनाथ, २१ भदौ। पोखरा महानगरपालिका वडा ३० र स्थानीय विभिन्न ३९ वटा टोल विकास संस्थाबीच छलफल भएको छ।
वडा ३० का वडाध्यक्ष श्रीराम पोख्रलको अध्यक्षतामा भएको छलफलले वडामा टोल विकास संस्थाले गर्दै आएका कामको समीक्षा र स्थानीय विकास गर्नेबारे टोल विकास संस्थाका अध्यक्षहरुले सुझाव दिएका थिए।
कार्यक्रममा ठूलढुंगा टोल विकास संस्थाबाट खेमराज बास्तोला, शिशुवा टोल विकास संस्थाबाट नवीन जमरकट्टेल, भूगोलपार्क टोल विकास संस्थाबाट झमबहादुर पुन, देउराली टोल विकास संस्थाका काशिनाथ ओझा, शिवालय टोल विकास संस्थाका चिरञ्जीवी तिवारी लगायतले वडा कार्यलय र टोल विकास संस्थाको समन्वयबाट मात्र समृद्ध वडा बन्न सक्नेमा जोड दिए।
कार्यक्रममा वडाको भूगोल तयार पार्ने, सरसफाइ, छाडा पशु नियन्त्रण, अन्य विकास निर्माण लगायत विषयमा छलफल गरी विभिन्न सुझाव आएको वडासचिव तथा कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।
स्वागत मन्तव्य वडा सदस्य शारदा बास्तोला र संचालन सहसचिव दीपक कोइरालाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९