पोखरा, २० भदौ । पोखराको मदरल्याण्ड स्कूल २०७३ सालमा पश्चिमाञ्चल विकास क्षेत्रमा संस्थागततर्फ पहिलो विद्यालय भएको थियो । १ लाख नगदसहित शिल्ड र प्रमाणपत्र जितेको मदरल्याण्ड यस वर्ष नेपालमै उत्कृष्ट ठहरियो । विद्यालय छनौट समितिले विशेष अध्ययन गरेर मदरल्याण्ड सहित कास्कीका ३ वटा विद्यालयलाई नेपालकै उत्कृष्ट स्कूलको रुपमा पहिचान गरेको छ ।
सरकारले दिने ४ विधाका पुरस्कारमध्ये ३ विधाको उत्कृष्ट स्कूल पोखराभित्रका छन् । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा सामुदायिकतर्फ अमरसिंह नमूना मावि पहिलो भएको छ भने माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा सामुदायिकतर्फ शीतलादेवी मावि र संस्थागततर्फ मदरल्याण्ड मावि मासबार उत्कृष्ट भएका छन् । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा संस्थागततर्फ चाहीँ भक्तपुरको एसओएस हर्मन माइनर मावि उत्कृष्ट विद्यालय घोषित भएको छ ।
शीतलादेवी मावि दोश्रो पटक नेपालमै उत्कृष्ट विद्यालयको रुपमा दरिएको छ । २०७३ सालमा पनि शीतलादेवी नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय बनेको थियो । विशेषगरी शैक्षिक गुणस्तर र भौतिक संरचनालाई आधार मानेर उत्कृष्ट विद्यालय छनौट गरिन्छ ।
मदरल्याण्ड स्कूलले यस वर्षको एसर्इइ परीक्षाको नतिजामा नेपालकै उत्कृष्ट बनेको थियो । ४ जिपिए सहित ७ जना विद्यार्थीले एसर्इइ उत्तीर्ण गर्ने नेपालकै एकमात्र विद्यालय मदरल्याण्ड हो । १ सय ५० परीक्षार्थीमध्ये १ सय १५ जनाले ए प्लस नतिजा ल्याएका थिए भने २८ जनाले ए र बाँकी ७ जना विद्यार्थीले बी प्लस नतिजा प्राप्त गरेका थिए । सबैको लगावले खुशी साट्न पाएको विद्यालयका प्रधानध्यापक नारायण बरालले बताए । ‘इतिहासमै पहिलो पटक काठमाडौं उपत्यका बाहिरको विद्यालय उत्कृष्ट भएको छ । समग्र पोखरालाई यो खुशीको क्षण हो,’ उनले भने, ‘नयाँ खुशीले चुनौती पनि निम्त्याएको छ । यसलाई कायम राख्नका लागि शैक्षिक नतिजामात्रै नभई विद्यार्थीको आचारण, ब्यवहार र सफलताका लागि सिंगो विद्यालय प्रतिबद्ध छ ।’ उनका अनुसार विद्यालयमा हाल २ हजार ३ सय ६६ जना विद्यार्थी अध्ययनरत छन् ।
अमरसिंह नमूना माविका निमित्त प्रधानाध्यापक शेरबहादुर थापाले विद्यार्थी, शिक्षक र अभिभावकहरुको मेहनतकै कारण विद्यालय उत्कृष्ट बनेको बताए । हाल अमरसिंह माविमा २ हजार ७ सय ५३ जना विद्यार्थी छन् । त्यसमध्ये प्लस टु मा मात्रै १ हजार १ सय ५० जना अध्ययन गर्छन् । यसवर्ष १२ कक्षाको नतिजामा ७ जनाले ए प्लस ल्याएका थिए भने ६७ जनाले ए ल्याएका थिए । व्यवस्थापनतर्फ १ जनाको ए प्लस र २८ जना ए ल्याउन सफल भएका थिए । अमरसिंहलाई विज्ञान संकायमा उत्कृष्ट विद्यालयको रुपमा हेरिन्छ । दरबन्दी र निजी गरी १ सय ९६ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
अघिल्लो परीक्षाको उत्तीर्ण दर, प्राप्त जिपिए, ९ कक्षाको बिद्यार्थी भर्नादर र उत्तीर्ण दर हेरेर उत्कृष्ट विद्यालयको रुपमा छनौट हुन्छ । शीतालादेवी माविले ७३ जना विद्यार्थीलाई परीक्षामा पठाएर सबै विद्यार्थीको उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । ४ जिपिए सहितको नतिजा ल्याएको शीतलादेवीका २३ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरे भने ३६ जनाले ए र १२ जनाले बी प्लस नतिजा ल्याएका थिए । शैक्षिक गुणस्तर सुधारकै कारण विद्यालयलाई उत्कृष्ट बनाएको विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले बताए । राष्ट्रिय पुरस्कार पाएपछि खुशी सहित चुनौती थपिएको उनी बताउँछन् । ‘हामी खुशी त छौं तर चुनौतीले पनि पछ्याएको छ । चुनौती सामना गर्ने अनुभव हामीसँग छ,’ उनले भने, ‘यही नतिजा आगामी वर्ष पनि कायम राख्ने अठोटका साथ सुधारका काम गर्छौ । शीतलादेवीमा पढायौं भने छोराछोरीको भविष्य उज्ज्वल हुन्छ भन्ने प्रमाण हामी स्थापित गर्न चाहान्छौं ।’ स्कूलमा अहिले ८ सय २३ जना विद्यार्थी पढ्दैछन् ।
पोखरालाई पर्यटनसँगै शिक्षा, संस्कृति, साहित्यका पनि राजधानीको रुपमा दाबी गर्छन् पोखरेलीहरु । पछिल्ला नतिजाहरुले शिक्षामा पोखराको उपलब्धि निकै बढेको तथ्यांक छ । पोखरा शैक्षिक हवको रुपमा स्थापित हुँदैछ । अभिभावकलाई छोराछोरी पढ्न काठमाडौं र विदेश पठाउनुपर्छ भन्ने मान्यता अब विस्तारै हट्न थालेको छ । निजी स्कूलले थिचेपछि सरकारी स्कूलहरुको अवस्था खस्कँदै गएको अवस्थामा उत्कृष्ट नतिजा ल्याउनु चानचुने कुरा होइन ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९