पोखरा, २० भदौ । नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन् । पोखरामा विहीवार सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुँदैछ ।
यसअघि मुख्य न्यायाधीवक्ताहरुको भेला गरिसकेको पोखराले विहीबार मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघि सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर सरकारविरुद्ध घेराबन्दी गर्ने चेतावनी दिएका थिए । अन्य प्रदेशका मुख्यमन्त्रीहरु पनि केन्द्र सरकारको कामप्रति सन्तुष्ट छैनन् । विशेषगरी केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेको उनीहरुको गुनासो छ ।
सार्वजनिक कार्यक्रमहरुमै मुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकारप्रति असन्तुष्टी जनाइरहेका छन् । गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार १, २ र ३ नम्बर प्रदेशका मुख्यमन्त्रीहरु पोखरा झरिसकेका छन् । बाँकी पनि विहीवार बिहानै आइपुग्ने बताइएको छ ।
बैठकमा प्रदेश सरकारले हालसम्म गरेका काम र चुनौती विषयमा छलफल हुनेछन् । स्रोतका अनुसार सातै प्रदेशका मुख्यमन्त्रीहरूले आगामी भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा एउटै एजेण्डा लैजाने तयारी गरेका छन् । त्यसैका लागि बैठक बोलाइएको बुझिएको छ । मुख्यमन्त्रीहरूको भेला पाँचतारे होटल ग्राण्डमा आयोजना गरिएको छ ।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९