लेखनाथमा आदर्श कप शुरु  

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७५
khal 3

लेखनाथ, २० भदौ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासले मात्र देश समृद्धितर्फ जाने बताएका छन् ।

लेखनाथ रंशालामा बुधबार शुरु ऋद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप उद्घाटन गर्दै मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् । नेपालको समृद्धि लक्ष्य प्राप्तिका लागि खेलकुद विकासलाई पनि सँगसँगै लैजानु पर्ने धारणा राख्दै उनले जुन देशमा खेलकुदको विकास भएको छ, त्यो देश आर्थिक रुपमा पनि सक्षम भएको उदाहरण प्रस्तुत गरे। मानिस स्वस्थ रहन सबै उमेर समूहलाई खेलकुद अनिवार्य भएकाले सरकार अब खेलकुदमा आमूल परिवर्तन हुने खालका योजना लिएर अगाडि बढेको उनले बताए । उनले विशेषगरी युवा समूहको साथ र सहयोग चाहिने पनि बताए ।

खेल माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सजिलो हुने भएकाले पोखरालाई खेलकुदको हवका रुपमा विकास गराउन सकिने सम्भावना रहेको बताए । प्रदेश सांसद दीपक कोइरालाले पोखरालाई खेलकुल सिटी बनाउन सकिने सम्भावना रहेकाले लेखनाथ रंशालाको स्तरोन्नति गरी क्षेत्रीयस्तरको रंगशाला बनाउने सोचमा आफूहरु रहेको बताए । खेलकुदमा गरेको लगानी खेर नजाने भएकाले आर्थिक रुपमा पनि देशलाई समृद्धिको बाटोमा लैजान सहयोग पुग्छ, उनले भने।

क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ऋद्धिसिद्धी सिमेन्ट गण्डकी धौलागिरी प्रमुख पवनराज बराल, अम्बे सिमेन्टका मार्केटिङ प्रमुख जीवन न्यौपाने, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, नेकपा प्रतिनिधि दिलीप न्यौपाने र नेपाली काँग्रेसका रामबाबु भण्डारी लगायतले खेलकुलको विकासका लागि सरकारको स्पष्ट नीति आउनु पर्ने र  लेखनाथ रंगशाला विकासका लागि सबैको साथ र सहयोग चाहिने बताए । क्लब सचिव पदम गुरुङले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष किसान गुरुङले गरेका थिए। तीज अवसरमा आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा ८ टिमबीच प्रतिष्पर्धा हुँदैछ । २३ औं संस्करणबाट रोकिएको प्रतियोगिता ७ वर्षपछि पुनः निरन्तरता दिइएको हो ।

प्रतियोगितामा पोखरा ११, एन्फा बाग्लुङ, एन्फा तनहुँ, एन्फा स्याङजा, सशस्त्र एपिएफ क्लब काठमाडौं, ब्रि्रेड ब्वाइज क्लब र जाउलाखेल युथ क्लब काठमाडौंले भाग लिएका छन्।

विजेता र उपविजलेता क्रमशः ३ लाख र २ लाख साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्  । भदौ २७ सम्म चल्ने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विधामा पुरस्कृत गरिने छ। यसैबीच, उद्घाटन खेल आयोजकले जितेको छ । आयोजकले एन्फा तनहुँलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । खेलमा आदर्शका बेलप्रासद गुरुङ म्यान अफ दी म्याच भए ।

Related News

सम्बन्धित समाचार

  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…
  • अन्नपूर्ण १० लाई अध्यक्ष कप

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । पालिकाको छैटौं…

hero news full width