हेमजा, २० भदौ। लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको क्लबस्तरीय पुरुष भलिबलको उपाधि एपिएफले जितेको छ।
नदीपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा सम्पन्न फाइनलमा बाग्लुङ क्लबलाई वेष्ट अफ फाइभमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो। जसमा २५-१७, २५-१९, २०-२५, २१-२५ र १५-१२ सेट कायम भयो।
उपाधिसँगै उसले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५० हजार प्राप्त गर्यो भने उपविजेताले ३० हजार पायो।
यसअघि सम्पन्न महिलातर्फ एसियन सुज इण्डष्ट्रिज लामाचौरलाई पराजित गर्दै टप्स मावि टिम ‘ए’ विजयी बन्यो। उसले २२ हजारसहित शिल्ड, मेडल पुरस्कार पायो। उपविजेताले १५ हजार पायो।
त्यस्तै, पुरुष भेट्रान्सतर्फ फाइनलमा डाँफे क्लब मेलाचेलाई पराजित गर्दै रामबजार क्लबले उपाधि हात पारेको छ । विजयीले क्रमशः १५ र १० हजार रुपैयाँ पुरस्कार पाए।प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले प्रतियोगिताको निरन्तरताको कामना गर्दै स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने औँल्याए।
फाउन्डेसन अध्यक्ष लामा अमृत गुरुङले प्रतियोगिताले खेलाडीबीच आपसी भाइचारा अभिवृद्घिगर्न सफल भएको दाबी गरे।
सो अवसरमा भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो।प्रतियोगितामा पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी एपिएफका विजय थापा, उत्कृष्ट ब्लकरमा बागलुङ क्लबका सन्तोष बस्नेत, उत्कृष्ट स्टाइकर सोही क्लबकै विष्णु क्षत्री, महिलातर्फ सर्वोत्कृष्ट खेलाडी एसियन सुज इण्डष्ट्रिज लामाचौरका लुकु पुन, उत्कृष्ट स्टाइकर टप्स माविका पवित्रा बिसी घोषित भएका थिए भने भेट्रान्सतर्फ रामबजार भेट्रान्सका कुमार गुरुङ सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए। उनीहरुले पुरस्कारस्वरुप एक/एक थान जुत्ता प्राप्त गरे।
फाउण्डेसन अध्यक्ष लामा अमृत गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेल संयोजक गणेश घमालले स्वागत तथा अर्जुन सुनारले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९