पोखरा, २० भदौ । सामाजिक अभियन्ता सरस्वती दाहाल अधिकारी ‘सरु’ लाई सम्मान गरिएको छ।
महिलामा स्वास्थ्य सचेतना अभियानमा क्रियाशील रहँदै सामाजिक सेवा पुर्याएको भन्दै जाल्पादेवी महिला उद्धार समूहको २० औं साधारण सभा अवसरमा उनलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेको हो।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले उनलाई सो सम्मान प्रदान गरेकी हुन्।
सम्मानित सरु विगत ८ वर्षदेखि दिदीबहिनीलाई स्वास्थ्य क्षेत्रमा सचेतना अभियानसँगै क्यान्सर रोग निदानका उपायबारे जानकारी दिँदै अभियान क्रियाशील छन्। उनी गत साता पनि स्थानीय पत्रकार मञ्चबाट सम्मानित भएकी थिइन्।
कार्यक्रममा पोखरा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बराललाई पनि सम्मान गरियो।
कार्यक्रममा प्रमुख अतिथि उपसभामुख शर्माले महिला घरघरमा सीमित नभई आफ्नो हक अधिकारका लागि अघि बढ्नुपर्ने बताइन्।
कार्यक्रममा वडाध्यक्ष बराल, सम्मानित व्यक्तित्व सरु अधिकारी, वडासदस्य कृष्णमान ठुसाजु, किरण गौतम, संस्थापक अध्यक्ष शारदा शर्मा, निवर्तमान अध्यक्ष पवित्रा केसी जाल्पादेवी बहुउद्देश्यीय विकास समिति अध्यक्ष गणेशबहादुर अधिकारी, आदर्श समाज दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोला, सामाजिक अभियन्ता पत्रकार सुष्मा पौडेल, सिर्जना विकास केन्द्रका प्रथम उपाध्यक्ष समेत रहेका पत्रकार कृष्ण थापा, समाजसेवी वीरेन्द्रमान बिजुक्छे, विश्व हिन्दू महासंघकी उपाध्यक्ष पार्वता पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका संचाक सदस्य कमला गिरी, लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष मेनुका बराल, सृजना टोल विकास संस्थाका अध्यक्ष बलराम बराल, नारी परोपकारकी अध्यक्ष शारदा गिरी, लगायत बोलेका थिए। कार्यक्रममा सचिव दुर्गा अधिकारी र कोषाध्यक्ष अमृता गिरीले प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष कान्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधिका थापाले स्वागत र सचिव दुर्गा अधिकारीले संचालन गरेकी थिइन्। जाल्पादेवी पोखराको पुरानो संस्था हो।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९