पोखरा, १६ भदौ । नेपाल निर्माण व्यसायी संघ कास्कीको २६ औं साधरणसभा तथा १४ औं अधिवेशन २२ गते हुने भएको छ ।
अधिवेशनलाई लक्षित गरी नेपाल लोकतान्त्रीक निर्माण व्यवसायी संघ कास्कीले आफ्नो प्यानल घोषणा गरेको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा प्यानलसहितको उमेद्धारी घोषणा गरेको हो । उता वाम गठबन्धनको तर्फबाट आनन्द बरालको नेतृत्वमा प्यानल बनाएको छ । लोकतान्त्रिक समुहको बरिष्ठ उपाध्यक्षमा बलबहादुर राना, उपाध्यक्षमा दीपेन्द्र मरासिनी, सचिवमा टेकबहादुर भुजेल, सहसचिवमा शिरसकुमार बास्तोला, कोषाध्यक्षमा लिलकाजी गुरुङ, सह-कोषाध्यक्षमा हिरामणि पोखरेल छन् ।
सदस्यहरुमा होमबहादुर भुजेल, धुवबहादुर भट्टराई, ज्ञानेन्द्र घिमिरे, सुमन श्रेष्ठ, बुद्धिमान तामाङ, हिक्मतजंग कार्की छन् । बाम गठबन्धनका तर्फबाट भने अन्य सदस्य र पदाधिकारीको नाम घोषणा भएको छैन ।
उमेदवार परिचय तथा घोषणा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रबादीहरुको एकता आवश्यक रहेको बताए । उनले काँग्रेसले हार्दा लोकतन्त्र पराजित हुने र देश खतरामा पर्ने बताए ।
प्रदेश सांसद बिन्दुकुमार थापाले व्यवसायीको हकहितका लागि लोकतान्त्रिक समूहले जित्नैपर्ने दवाव रहेको बताए । नेपाल निर्माण व्यवसायी संघ कास्कीमा ४ सय १३ जना सदस्यहरु छन् । उम्मेदवारहरुको परिचय प्रकाश खनालले गराएका थिए ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९