पोखरा १६ भदौ।ढिकुरपोखरी समाज पोखराको ११ औं वाषिर्क साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ।
उक्त अधिवेशनको उद्घाटन वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका थिए। त्यस अवसरमा उनले जलवायु अनुसन्धानको क्षेत्रमा विभागले अन्नपूर्ण गाउँपालिका तथा समाजसँग सहकार्य गर्न सक्ने बताए।
उनले संस्था सञ्चालन र दिगो व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै ढिकुरपोखरी समाजले आफूलाई गतिशील बनाउँदै गर्व गर्न लायक संस्थाको रुपमा परिचय स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे।
पोखरा उपमहानगरपालिकामा आफूँ प्रमुख कार्यकारी अधिकृत रहँदाका क्षणस्मरण गर्दै उनले भयावहस्थिति रहेकोमा आफूले धेरै सुधार गरेको दावी गरे।
ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले समाजबाट २०६८ मा सहकारी स्थापना भई समाजलाई आर्थिक रुपमा समृद्ध बनाउन अग्रसर रहेको बताए।
संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले नेतृत्व तथा भातृत्व विकासमा समाजको महत्वपूर्ण योगदान भएको बताए।
समाजका सल्लाहकार आशबहादुर गुरुङले अन्याय, अत्याचार विरुद्ध समाजले आवाज उठाउनुपर्ने भन्दै मानिस पार्टीभन्दा पनि पहिले स्वतन्त्र नागरिक रहेको उल्लेख गरे।
सल्लाहकार कुलबहादुर गुरुङ कुलुले आफ्नो समाजको विकासमा सबै लाग्नुपर्नेमा जोड दिँदै हिन्दूराष्ट्र कायम गर्न एकबद्ध हुनुपर्ने बताए।
सदस्य टिकाराम अधिकारी, गायत्री अधिकारीलगायतले समाजको सदस्यता वृद्धि गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा गोविन्दप्रसाद अधिकारीले कविता वाचन गरेका थिए।
समाजका अध्यक्ष लालबहादुर कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष अधिवक्ता विष्णुप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए।
यसैगरी सचिव बाबुराम भण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
सोही समारोहबीच समाजले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। यसरी सम्मानित हुनेमा कलाकार जीवन दाहाल, पूर्व अध्यक्ष आशबहादुर गुरुङ, चामे गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारी र सहयोगदाता गोविन्द सुवेदी रहेका छन् । यसैगरी कक्षा १२ उत्तीर्ण छात्रछात्रालाई सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९