लेखनाथ, १६ भदौ । लेखनाथ हार्डवयर एशोसिएसनको नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ ।
पोखरा २७, सतिफाँटको छैटौ वाषिर्क साधारणसभा तथा तेश्रो अधिवेशनले दुर्इवर्षे कार्यकालको लागि विजय गुरुङसहित अन्य पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको हो । तीन सदस्यीय निर्माचन मण्डलमा, राजेन्द्र ओझा, र भक्तवहादुर केसी थिए भने नवनिर्वाचित पदाधिकारीहरुलाई अधिवक्ता मदन तिवारीले पद तथा गोपनियताको सफथ गराएका थिए ।
‘गुणस्तरिय निर्माण सामाग्री हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ स्थापना भएको एशोसिएसनको भदौ ९ गते सम्पन्न अधिवेशन तथा साधारणसभाले प्रथम उपाध्यक्षमा ऋषिराम जमरकट्टेल, द्धितीय उपाध्यक्ष अर्जुन पंगेनी, महासचिव शिवराज अधिकारी, कोषाध्यक्ष लक्ष्मण सुनार, सचिव मनवहादुर विकलाई चयन गरेको थियो । एशोसिएसनको अन्य सदस्यहरुमा नवराज तिवारी, चित्रप्रसाद भट्टराई, शिवराज अधिकारी र खेम गुरुङलाई सर्वसम्वत चयन गरेको थियो ।
पदस्थापन समारोहमा वोल्दै नवनिर्वाचित अध्यक्ष विजय गुरुङले समितिले विगतमा गरेका कार्यको सर्हाना गर्दै संस्थाको हितका लागि सल्लाह, शुझाव र सहयोग गर्न आग्रह गरे । आगामी कार्यकालमा संस्थालाई अझ बजबुद गरी अगाडि वढाउने गुरुङको प्रतिवद्धता थियो ।
संस्थाका वरिष्ठ सल्लाहकार सदस्य भक्tmवहादुर केसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्वमहासचिव गोपीचन्द्र वास्तोला, सल्लाहकार भरतकुमार अधिकारी, निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले नव निर्वाचित पदाधिकारीलाई कार्यकालको शुभकामना दिए । संस्थाका पूर्व संस्थापक अध्यक्ष राजेन्द्र ओझाले कार्यक्रम सन्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९