चितवन, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले हिजो निकै क्रान्तिकारी हुँदा अहिले दुःख पाएको बताएका छन्।
निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारणसभालाई बुधबार भरतपुरमा सम्बोधन गर्दै उनले हिजोको विषयलाई तानातान गरेर बस्यौं भने अगाडि बढ्नै नसकिने बताए।
विगतमा आफूहरु निजी क्षेत्रको विपक्षमा रहेको स्मरण गर्दै उनले भने, “हिजो हामी पनि निजी क्षेत्रको विरुद्धमा थियौं, अब हामी त्यो लाइनमा छैनौं।” व्यवसायमा लाग्नेहरुलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै उनले भने, “निजी क्षेत्रलाई खुशी र सुरक्षित नगरी विकास र समृद्धि आउँदैन।”
कर्मचारीतन्त्रमा रहेको सेटिङ तोड्नु पर्ने बताउँदै दाहालले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई प्याकेजमा ठेक्का दिने मिलेमतो कर्मचारीहरुबाटै हुने गरेको बताए।
ठूला विकास निर्माण एउटैलाई नदिनुहोस् भने आफूले मन्त्रालयका सचिवलाई भनेको स्मरण गर्दै दाहालले भने, “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने।” उनले अगाडि थपे “मैले सचिवलाई यस्तो नगर्नुहोस् भनेको कार्यान्वयन भएन, म सफल भइन्, कर्मचारीले मानेनन्।” “पाँच/सात वटा पुल एउटै ठेकेदारलाई दिएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन। साना निर्माण व्यवसायी रोएर हिँडेका छन्। ठूला-ठूलाले एकाधिकार जमाएका छन्।” अध्यक्ष दाहालले ठूला योजनालाई साना-साना टुक्रा बनाएर दिनुपर्ने बताए। ठेक्कापट्टामा रहेको सेटिङ र एकाधिकार तोडिनु पर्ने उनले बताए। भूकम्प र नाकाबन्दीको समयमा निर्माण व्यवसायीहरुले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले भने, “हर्जना नलगाईकन एक वर्ष समय थप्न मेरो पूरै पहल हुन्छ।”
व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उनले विगत ६० वर्षदेखिको पुरानो दृष्टिकोण बदल्नु पर्ने बताए।
संसारमा गल्ती नगर्ने मान्छे अहिलेसम्म नजन्मिएको र जन्मन पनि नजन्मिने बताउँदै उनले सबैले आफ्ना गल्ती स्वीकार गरेर सच्याउँदै अगाडि बढ्नु पर्ने बताए। उनले भने, “निजी क्षेत्रका गल्तीहरु पनि स्वीकार गरेर सच्याउनु पर्छ, राज्यले पनि विगतका ऐन कानूनमा भएका गल्ती सच्याएर अगाडि बढ्नु पर्छ।” राजनैतिक रुपमा स्थिरता आएको बताउँदै उनले भने, “हामी विकास र समृद्धिको संक्रमणकालमा आएका छौं, आर्थिक निर्माणको महाअभियान थालेका छौं। यसले एउटा अवधि लिन्छ।”
Related News
सम्बन्धित समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
hero news full width
मुख्य समाचार
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९