पोखरा, १३ भदौ । गण्डकी प्रदेशलाई ‘पूर्ण खोप सुनिश्चित गण्डकी प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटै स्थानीय तहका १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकामा खोप सुनिश्चिता गरे ।
राष्ट्रिय खोप तालिकाबमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेकाले बुधबार गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।
आगामी दिनमा कुनै पनि अवस्थामा कुनै पनि बालबालिका खोप लिनबाट वञ्चित हुने छैन भनी प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । दुर्इ चरणमा १६ देखि २३ महिनाका ३५ हजार ८ सय ४२ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता पाएपछि पूर्ण खोप प्रदेशका रुपमा घोषणा गरिएको हो ।
बालबालिकालाई प्रदान गरिने गरिएको ११ प्रकारको खोपमा दिइन्छ । प्रतिबालिकामा रु पाँच हजार बराबरको खोप र प्रशासनिक खर्चसमेत गरी ३० हजार खर्च हुने गरेको छ । खोपका लागि गण्डकी प्रदेश वाषिर्करुपमा १ अर्ब ७० करोड लाग्छ । सोमध्ये नेपाल सरकारको ६० प्रतिशत र ४० दातृसंस्थाको सहयोग रहेको जनाइएको छ ।
गण्डकी प्रदेशको १ हजार ७ सय ७० वटा खोप केन्द्र र १ हजार ४ सय १६ वटा गाउँघर क्लिनिकका साथै ५ हजार ९ सय ३९ जना महिला स्वयंसेविका मार्फत समुदायस्तरमा सो स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
सो अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेशमै सबैभन्दा पहिलो गण्डकी प्रदेशले पूर्ण खोप सुनिश्चितताको प्रदेशका रुपमा घोषणा गरेको प्रशङ्ग उल्लेख गर्दै शिक्षा, रोजगारलगायत क्षेत्रमा पहिलो प्रदेशका रुपमा पहिचान बनाउन सबै पक्षलाई प्रतिबद्ध भएर लाग्न आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९