लेखनाथ, १३ भदौ। पोखरा महानगरपालिका वडा ३२, लामेआहालस्थित सेती नदीको किनार नयाँ वस्ती र श्यामघाटमा सोह्रश्राद्ध अवसरमा १६ दिने पितृ मोक्ष महायज्ञ हुने भएको छ।
कालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा महायज्ञ गर्न लागिएको वुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो।
भागवत्रसिक युवागुरु तथा महायज्ञका संकल्पकर्ता ऋषिराम महाराजको मुखारविन्दबाट कथा वाचन हुनेछ । महायज्ञमा संकलित रकमलाई प्रचार प्रसारको कमीले ओझेलमा परेको कालिका मन्दिरको सर्वाङ्गीण विकासमा खर्च गरिने बताएको छ । सोह्र श्राद्धमा घरमा भन्दा नदीको तटमा गएर गरिने पितृ कार्यले दश गुणा बढी फल पाइने शास्त्र विश्वासअनुरुप यज्ञअवधिमा कास्की र तनहुँका धेरै श्रद्धालु भक्तजनहरु आउने महायज्ञका मुल संयोजक विमला थापा बस्नेतले जानकारी दिएकी छन्।
असोज ९ देखि २३ गतेसम्म चल्ने महायज्ञमा संगीतमय वातावरणमा पुराण वाचन, झाँकी प्रदर्शन, राष्ट्रिय कलाकारद्वारा भजन कीर्तन, सवा करोड द्वीप प्रज्ज्वलन लगायत कार्यक्रम हुने प्रचार प्रसार उपसमिति संयोजक गणेशबहादुर केसीले बताए।
महायज्ञमा १००८ शाल्रि्रामको दर्शन गर्ने व्यवस्था समेत रहेको सल्लाहकार रामचन्द्र सिग्देलले बताए ।
महायज्ञ सफल पार्न विभिन्न १२ वटा विभिन्न उपसमिति गठन गरी तयारी अघि बढाइएको छ ।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९