पोखरा, १२ भदौ । पत्रकार राजबहादुर गुरुङलाई शान्ति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।
पूर्णप्रसाद बराल मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित र प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले गुरुङलाई सिफारिस गरेकोमा युनियनको मंगलबार बसेको बैठकले अनुमोदन गरेको हो। युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित छनोट समिति सदस्यमा सरस्वती गुरुङ, गीता विष्ट, प्र्रतिष्ठानतर्फबाट धर्मराज बराल (भोला) र कुञ्जन बराल, पदेनसदस्य युनियन जिल्ला अध्यक्ष शिरोमणि बराल र सचिव प्रकाशचन्द सापकोटा थिए।
पोखरालाई आफ्नो कर्मथलो बनाई लामो समय पत्रकारिताको माध्यमबाट सेवा पुर्याउँदैआएकोमा उनलाई छनोट गरिएको जनाइएको छ। सो पुरस्कार भदौ २२ मा वितरण गरिनेछ।युनियनका सल्लाहकार गुरुङ पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष समेत हुन्। उनी गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, तमु पत्रकारिता पुरस्कार, पार्वता पत्रकारिता पुरस्कार तथा दर्जनौं संघसंस्थाबाट सम्मानित भएका छन्।
अन्नपूर्ण गाउँपालिका-११ मा जन्मेका गुरुङ पत्रकारितामा स्नातक हुन् । २०५१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील उनी हाल युनाइटेड खबर डटकम तथा युनाइटेड दैनिकका प्रधानसम्पादक छन्।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९