पोखरा, १२ भदौ । कास्कीको पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी सामुदायिक होमस्टे स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ।
एशियन फोरमको सहयोगमा चार वर्षअघि शुरु गरिएको सो होम स्टे आगामी दिनमा व्यवस्थापनको जिम्मासहित स्थानीयलाई हस्तान्तरण गरिएको हो।
प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले कालावाङमा आयोजित एक समारोहबीच होमस्टे समुदायमा हस्तान्तरण भएको घोषणा गरे । लम्सालले गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयतर्फबाट कालावाङ घरेडी होमस्टेलाई पूर्वाधार निर्माणमा १० लाख सहयोगको घोषणा समेत गरे। गुरुङ, बाहुन र दलित समुदायले सञ्चालन गरेको समावेशी होमस्टे, स्थानीय उत्पादन पाइने अन्य स्थानको भन्दा फरक विशेषतासहितको होमस्टे भएको मन्त्रीले लम्सालको भनाइ थियो।
एशियन फोरम नेपालका अध्यक्ष नीरज थापाले पोखरा शहरदेखि १३ किमीमात्र टाढा रहेको कालावाङ घरेडी सबै हिसाबले उत्कृष्ट रहेको बताए। आफूले शुरु गरेको कामले सफलता प्राप्त गरेको भन्दै उनले खुशी व्यक्त गरे।
विभिन्न १८ घरधुरीमा सञ्चालित होमस्टे यस वर्ष ग्रामीण पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) द्वारा देशकै उत्कृष्ट होमस्टेबाट अवार्ड जितेको थियो।
यसैबीच, एशिया मानवअधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) अध्यक्षमा किस्मतमणि श्रेष्ठ भए। मञ्चको प्रथम उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, द्घतिीय उपाध्यक्ष मेनका पौडेल, महासचिव नीलाम्बर बडाल, कोषाध्यक्षमा मनबहादुर श्रेष्ठ (आशिक), सचिवमा विजय गुरुङ, सदस्यमा जुम गुरुङ, रमेश श्रेष्ठ, सन्तोष बोगटी, दमन्ता खड्का र कल्पना पौडेल छन्। कार्यक्रम नीरज थापाको अध्यक्षतामा सम्पन्न भएको हो।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९