पोखरा, १० भदौ । विश्व हिन्दू महासंघ पोखरा महानगर महिला समिति कास्कीको अध्यक्षमा मेनुका बराल चयन भएकी छन्।
समितिको शनिबार सम्पन्न प्रशिक्षण एवम् अधिवेशनले बरालको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा सरिता घिमिरे, द्वितीय उपाध्यक्षमा मञ्जु विक, तृतीय उपाध्यक्षमा भगवती पन्त, सचिवमा शान्ति आचार्य, सहसचिवमा सरस्वती हमाल, कोषाध्यक्षमा कमला श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक इन्दिरा कोइरालाले जानकारी दिइन्।
सदस्य मेनुका पोखरेल, मधुरा गिरी, हरिकला गिरी, गंगा त्रिपाठी, पार्वती पनेरु, विमला आचार्य, देवी बराल, श्रीमाया कुँवर, लक्ष्मी अधिकारी, गीता बस्याल, पुष्पा गिरी, नारायणी रेग्मी, निर्मला आचार्य, सरस्वती खत्री, कौशिला बराइली, होमकुमारी बराल, इन्द्र बराइली, शुभ थापा, हर्कली कुँवर, समीक्षा कुँवर र लक्ष्मी देवकोटा चयन भए ।
त्यसअघि प्रमुख अतिथि प्रखरवक्ता चैतन्य कृष्ण महाराजले सहभागीहरुलाई हिन्दू धर्म र संस्कारको विषयमा प्रशिक्षण दिएका थिए। उनले विश्वमा नेपालमा मात्रै नारीको देवीका प्रतीकका रुपमा पूजा गरिने हुँदा नारीको सम्मान गर्नु पर्नेमा जोड दिए। उनले काजक्रियाको समयावधि घटाएर ५ दिन गराउन विषयमा चलेको बहसको खण्डन गरे।
कार्यक्रममा विश्व हिन्दू महासंघ केन्द्रीय उपाध्यक्ष वेदनिधी शर्मा, विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल, सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु, पोखरा महानगरपालिका पूर्व उपाध्यक्ष महेन्द्र कार्की लगायतले धर्म रक्षाका विषयमा बोलेका थिए।
विश्व हिन्दू महासंघ पोखरा महानगर महिला समितिका अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मञ्जु विकले स्वागत र वरिष्ठ उपाध्यक्ष मेनुका बरालले सञ्चालन गरेकी थिइन्।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई विश्व हिन्दू महासंघका संरक्षक डा लेखनाथ आचार्यले शपथ ग्रहण गराएका थिए।
Related News
सम्बन्धित समाचार
आकस्मिक रक्तदानमा ५३ युनिट रगत
गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट
पढ्न वञ्चितलाई निशुल्क भर्ना
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९