पोखरा, ९ भदौ । पोखरा ३ मा रहेको नारायणथान गुठीको जग्गामा पुजारीले आफ्नो नाममा गरेर बेचविखन गरेपछि गुठीको जग्गा जोगाउन अख्तियार सहित गुठी संस्थानले ब्यक्तिको नामबाट जग्गा खोसिएको निर्णय गरेको छ । लामो समयसम्म अध्ययन गरेर यसअघि बेचविखन भएका जग्गा समेत गुठीकै रहेको ठहर गरेको छ ।
नारायणथान धार्मिक क्षेत्र विकास समितिले शनिवार पत्रकार सम्मेलन गरी गुठीका जग्गा विवादबारे जानकारी गराएको हो ।
महानगरका विभिन्न ठाउँमा रहेका ९ वटा कित्ताभित्रका करिब ५० रोपनी जग्गा गुठीकै रहेको गुठी संस्थानको ठहर छ । २०७३ सालदेखि निरन्तर अध्ययन गरेर सबै कित्ताका जग्गाहरु गुठीको रहेको भनी गुठी संस्थानबाट समेत निर्णय भएको छ । निकै लामो किचलोपछि अन्ततः नारायणथान गुठीको जग्गा व्यक्तिबाट खोसिएको छ ।
कसरी बेचियो गुठीको जग्गा ?
विसं १९०० भन्दाअघि नारायणथान मन्दिर स्थापना भएको अगुवाहरुको अनुमान छ । गणेश गिरीले मन्दिर स्थापना गरेर देवीदत्त पराजुलीलाई पुजारी तोकेको इतिहास भेटिन्छ । त्यसपछि १९४५ र १९५८ मा कागज गरेरै तत्कालीन सरकारले मन्दिरलाई गुठीको मान्यता दिएको छ । देवीदत्तको निधन भएपछि उनका छोराहरु रुद्रनाथ र टीकारामले मन्दिरको जिम्मा लिए । दुवै भाइको निधन भएपछि उनीहरुका श्रीमतीले मन्दिरको जग्गा भोगचलन गर्न थाले । हाल मन्दिरमा रहेका पुजारी पुष्पराज लामिछाने रुद्रनाथका छोरीपट्टीका नाति हुन् ।
१९९० सालमै रुद्रनाथले महाजाँच गराएर गुठीको जग्गा आफ्नो बनाउन खोजेपनि विरोध भएपछि पुनः गुठीकै नाममा सरेको थियो । त्यसपछि २०३१ सालमा नापी हुँदा गुठी भनिएका जग्गाहरु पुजारीका श्रीमतीहरुले विभिन्न बाटोबाट आफ्नो नाममा गरे । पुजारी रुद्रनाथकी श्रीमती पवित्राले २०३६ सालमा छिनेडाँडामा रहेको करिब ७ रोपनी जग्गा नातिलाई शेषपछिको बकसपत्र गरेर दिइन् । सोही पत्र देखाएर हालका पुजारी लामिछानेले गुठीको जग्गा आफ्नो नाममा लिएर बेचविखन समेत गरिसकेका छन् । छिनेडाँडामै रहेको ७ रोपनीभन्दा बढी जग्गा रुद्रनाथका भाइ टिकारामकी श्रीमति गंगामायाको नामबाट बेचविखन भएको छ । गंगामायाले अर्मला र छिनेडाँडामा रहेका ३ कित्ताभित्रका जग्गा नाति पुष्पराजलाई नै शेषपछिको बकसपत्र गरिदिएकी थिइन् । त्यसकै आधारमा पुष्पराजले २०७३ सालमा छिनेडाँडाको साढे ८ रोपनी जग्गा मालपोत कार्यालयबाट आफ्नो नाममा नामसारी गरे ।
त्यसपछि मात्रै धार्मिक क्षेत्र विकास समितिले थाहा पायो र घटना बाहिरिएको हो । नारायणथान धार्मिक क्षेत्र विकास समितिले धेरै पटक सम्बन्धित निकायमा उजुरी गरेपछि अख्तियारको टोलिले छानबिन थाल्यो । २ वर्षपछि अख्यिार र गुठी संस्थाले समेत नारायणथानबाट भोगचलन भएका सबै जग्गा गुठीको भनी निर्णय गरेको समितिका अध्यक्ष महेश पराजुलीले जानकारी दिए ।
अध्ययनकै बेला बेचिएका जग्गा समेत किनबेच गर्न रोक्का गरिएको थियो । तर मन्दिरका पुजारी पुष्पराजले चाहीँ हजुरआमाको नाममा रहेको जग्गा किनबेच गर्न पाउनुपर्ने माग गरेका छन् । उनलाई अदालतले नै अवैधानिक ठहर गरेको छ । उनी वैधानिक पुजारी नै होइनन् ।
‘अदालतले नै खारेज गरिसकेका ब्यक्तिले गुठीका जग्गा आफ्नो नाममा गरेर बेच्नु झन् अवैध काम हो, समितिका अध्यक्ष पराजुलीले भने, ‘जग्गा अब गुठीको नाममा आएको छ । अब यसको संरक्षणको जिम्मेवारी समितिले लिन्छ ।’
पत्रकार सम्मेलनमा बोल्दै समितिका सल्लाहकार शुक्रराज शर्माले गुठीको जग्गामा ब्यक्तिले रजाइँ गर्ने दिन सकिएको बताए । उनले गुठीका जग्गालाई संरक्षण गरी मन्दिर र भक्तजनको हितमा प्रयोग गर्नुपर्ने सुझाव दिए । पत्रकार सम्मेलनमा समितिका वरिष्ठ उपाध्यक्ष रामजन केसीको धन्यवाद ज्ञापन सल्लाहकार रामचन्द्र पौडेलको सञ्चालन रहेको थियो।
Related News
सम्बन्धित समाचार
एयरलायन्स फ्लाइटको एयरहोस्टेस प्रशिक्षण सुरु
धिमे बाजा प्रशिक्षण
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
वडामार्फत् भूमि सेवा दिने तयारी
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०