पोखरा, ९ भदौ । १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट २३ लाख ७६ हजार रुपैयाँ बचत भएको सहारा क्लब पोखराले जनाएको छ ।
शनिबार आयव्यय सार्वजनिक गर्दै अर्थ संकलन उपसमितिका संयोजक टीकाबहादुर कार्कीले खेलाडी दैनिक भत्तामा मात्रै २८ लाख २२ हजार खर्च भएको बताए । उनले ग्राउण्ड स्टेज र प्यारापिट निर्माणका लागि ६ लाख ३६ हजार रुपैयाँ खर्च भएको बताए ।
संयोजक कार्कीले पुरस्कार वापतको यो वर्षको कर तिर्न भने बाँकी रहेको बताए । उनले खर्च भएको रकममा यातायातमा १ लाख ३८ हजार, अतिथि सत्कारमा २ लाख ६ हजार, फोटो प|mेम तथा मायाको चिनोमा १ लाख ६२ हजार, मञ्च व्यवस्थापनमा १ लाख ३० हजार र व्यानर कपडा तथा लेखाइ खर्च वापत १ लाख ४१ हजार खर्च भएको जानकारी दिए । १६ औं आहा रारालाई १३ लाख ५० हजार रुपैयाँ मुख्य प्रायोजक रारा चाउचाउले प्रदान गरेको थियो भने राष्ट्रिय खेलकुद परिषदले ५ लाख, गोर्खा ब्रुअरीले ३ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको थियो । यस्तै, सहारा क्लब अष्टे्रलियाले दोश्रो पुस्कार बापत २ लाख ५१ हजार, लुम्बिनी विकास बैंक, पृथ्वीराजमार्ग बस सञ्चालक समितिले १ लाख ५० हजार सहयोग दिएका थिए ।
सहारा हङकङले १ लाख २६ हजार तथा रोयल र नेपाल पर्यटन बोर्डले ७५/७५ हजार रुपैयाँ सहयोग गरेका थिए ।
क्लब अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रायोजक आहा रारा चाउचाउ उत्पादन संस्था हिमश्री फुड्सका अध्यक्ष समेत रहेका सांसद सूर्यबहादुर केसीले बोलेका थिए ।
क्लबले गत वर्ष माघ ९ देखि २० सम्म पोखरा रंगशालामा सो प्रतियोगिता गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९