पोखरा, ९ भदौ। अनवरत कृषि सहकारी संस्था लिमिटेड, हेमजाको शनिवार सम्पन्न चौथो वाषिर्क साधारण तथा चुनावीसभाले पुनःमोतिराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा विद्या वास्तोला, सचिवमा सृजना कार्की थापा, सहचिवमा गोपालप्रसाद सापकोटा, कोषाध्यक्षमा जीवन तिमिल्सिना तथा सदस्यहरुमा मोतिराम तिमिल्सिना, मिना विश्वकर्मा, कल्पना केसी र पार्वती पराजुली रहेका छन्।
त्यसैगरी लेखा समिति संयोजकमा इन्दिरा कुमारी खत्री तथा सदस्यहरुमा शान्ति भण्डारी र नवीन तिमिल्सिना रहेका छन्। निर्वाचन समितिको संयोजक माधवशरण पौडेल र सदस्य विनोदप्रसाद त्रिपाठी रहेका थिए।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा-२५ का वडाध्यक्ष शोभाकर तिमिल्सिनाले सहकारीले आफ्ना सेयर सदस्यको जिवन उकास्न तर्फ ध्यान दिनु पर्ने बताए।
कम्तीमा पनि एक सहकारी संस्थाले वर्षको १० जना सेयर सदस्यको जिवन स्तर उकास्ने काम गर्न सकेमा सहकारी सफल हुने उनको भनाइ थियो।
गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवशरण पौडेलले सहकारी शिक्षाबारे सेयर सदस्यलाई राम्रो ज्ञान दिनुपर्ने बताए।
हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मीनराज तिमिल्सिनाले सहकारी नाफामुखीभन्दा सेवामुखी हुनु पर्नेमा जोड दिए।
कार्यक्रममा असली ऋणीतर्फ नैनामाया तामा· र उत्कृष्ट बचततर्फ महेश तिमिल्सिनालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका सचिव नवीन तिमिल्सिना, कोषाध्यक्ष जीवन तिमिल्सिना, लेखा समिति संयोजक इन्दिराकुमारी खत्रीले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए।
संस्थाको सेयरपुँजी ४१ लाख ४८ हजार, निक्षप संकलन ७८ लाख ५७ हजार र ऋण लगानी १ करोड ४ लाख ९४ हजार रहेको छ। सहकारीमा ४ सय ९४ सेयर सदस्य छन्।
कार्यक्रममा हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद त्रिपाठी, देविस्थान कृषि सहकारी संस्थाका अध्यक्ष शालिकराम बास्तोला, तीव्रेकोट सामुदायिक कृषि सहकारीका अध्यक्ष मधुसुदन त्रिपाठी, समाजसेवी दानबहादुर थापा, समाजसेवी भीमप्रसाद श्रेष्ठ, समाजसेवी माधवशरण पौडेल, रेडियो हेमजाका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटा, कामधेनु आमा समूहकी अध्यक्ष खिनी तिमिल्सिनाले बोलेका थिए।
संस्थाका अध्यक्ष मोतिराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सेयर सदस्य सुरेश सापकोटाले स्वागत, लेखा समिति संयोजक इन्दिराकुमारी खत्रीले सहकारीका सात सिद्धान्त र कोषाध्यक्ष जीवन तिमिल्सिनाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९