पाल्पा, ९ भदौ । लुम्बिनी मेडिकल कलेज, पाल्पाले वाषिर्क मूल्याङ्कनमा आएको टोलीलाई झुक्काउन यस वर्ष पनि भाडाका बिरामी प्रयोग गरेको पाइएको छ। विगत वर्षमा जस्तै अनुगमन समयमा भाडाका बिरामीले अस्पताल भरेर प्रभावित पर्ने कार्य दोहोर्याएको हो।
काठमाडौ विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको ४ सदस्यीय अनुगमन टोलीले २ दिनसम्म कलेजको अनुगमन गरेको थियो।
टोलीको प्रतिवेदनका आधारमा कलेजले पढाउन पाउने एमविविएस र एमडिको विद्यार्थी संख्या र विशेषज्ञ सेवा संचालन कटौती समेत हुन सक्ने भएकाले कलेजले यस्तो गरेको पाइएको छ । बिरामी संख्या र चाप, भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र गुणस्तर लगायत विषय अनुगमनमा हेरिने गर्दछ।
कलेजले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिव्दीकोट गाउँपालिका र माथागढी गाउँपालिकाबाट कर्मचारी मार्फत भाडामा बिरामी २ दिनसम्म ल्याइएको स्रोतले जनाएको छ। केहीलाई एक दिन भर्ना गरेर राखियो भने केहीलाई ओपिडीमा उपचार गरेर घर पठाइएको थियो। कलेजले भाडा ल्याएका नक्कली बिरामीलाई दैनिक खाना, खाजा र ५ सयदेखि १ हजार रुपैयाँसम्म ज्याला र यातायातको सुविधा दिएको स्वयं बिरामीले बताए। कलेजको नियमित अनुगमन हो र अनुगमनको पूर्व सूचना हुँदैन । दैनिक ७ सयभन्दा बढी बिरामी उपचारमा आउने गरेका छन् । त्यसैले भाडामै बिरामी ल्याउनु पर्ने अवस्था नभएको कलेजका प्रशासकीय अधिकृत कृष्णप्रसाद पराजुलीले दावी गर्छन् ।
कलेजले निःशुल्क स्वास्थ्य उपचार र विशेषज्ञ शिविर चलेको छ भनी झुक्काएर बिरामी ल्याउने गरेको हो। भाडाका बिरामी ल्याउन सामाजिक सेवा युनिट शाखा स्थापना गरिएको छ भने स्थानीय अगुवाहरु परिचालन र रोजगारी समेत दिएको छ।
टोलीले बिरामी संख्यसँगै कलेजको शैया संख्या, संचालित विशेषज्ञ सेवा, उपलब्ध चिकित्सक र प्राध्यापक, संचालित उपकरणहरु र भौतिकपूर्वाधारको अवलोकन पश्चात प्रतिवेदन दिने चलन छ। हरेक वर्ष असारदेखि भदौ महिनाबीचमा गरिने अनुगमनले कलेजले दिँदै आएको सेवा र पढाउन पाएको विद्यार्थी संख्यो निर्धारण गर्दछ। जानकारका अनुसार अनुगमन टोलीले पूर्व सूचना दिने र उनीहरुकै अप्रत्यक्ष सहमतिमै यस्तो कार्य हुने पुरानो रोग भएको बताउँछन्।
कलेजमा विशेषज्ञ सेवाहरु संचालन भए पनि बिरामीको आकर्षण भने खासै नभएपछि बिरामी ल्याउनकै लागि विभिन्न गतिविधिहरु गर्ने गर्दछ।
हाल कलेजमा ५ सय ३५ शैया रहेको र यहाँ नर्सिङदेखि एमविविएस, एमडी पढाइने हुने गरेको छ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९