पोखरा, ९ भदौ । चिउली पार्चे समाजको आयोजना र दीर्घायू नेपालको सक्रियतामा ‘योग ध्यान तथा प्राकृतिक स्वास्थ्य शिविर’ सम्पन्न भएको छ ।
छ दिनसम्म चलेको शिविरमा बिहानको समय योग र दिउँसो प्राकृतिक स्वास्थ्यबारे प्रशिक्षण दिइएको थियो ।
प्राकृतिक चिकित्सक डा. लक्ष्मीकान्त पाण्डे सहित सहयोगी गायत्री पाण्डे र मदन पाण्डेले योग ध्यान तथा प्रशिक्षण दिएका थिए।
उक्त शिविरमा समाजका २० वर्षदेखि ९० वर्षसम्मका पुरुष तथा महिला सहभागी थिए।
शिविर समापनमा प्रमुख अतिथि तमु धी“ नेपालकी अध्यक्ष कर्म तमुले योग शिविर कार्यक्रम अत्यन्तै राम्रो भएको र यसको नियमित साधनाले नयाँ जीवन पाउन सक्ने बताइन् ।
आदिवासी जनजाति महासंघ पोखरा महानगर समन्वय परिषद्का अध्यक्ष एवं समाजसेवी जंगबहादुर गुरुङले भविष्यमा प्राकृतिक योग विधिबाट स्वास्थ्य रहन सकिने उल्लेख गर्दै उपचार विधिको निरन्तरता दिनुपर्ने सुझाव राखे । प्रशिक्षक डा पाण्डेले सिकाएको योग विधि सहभागीहरूले मनन गरेर स्वस्थ रहन सुझाव दिए । उनले शिविरमा सहभागीमध्ये उत्कृष्ट ५ जनालाई सम्मान गरे।
शिविरका व्यवस्थापक एवं सल्लाहकार कर्णेल कमानसिंह गुरुङले योगले आफ्नो स्वास्थ्यका लागि आफैले डाक्टर बन्नु पर्दछ भन्ने सिकाउन सहयोग गरेको बताए ।कार्यक्रममा महिला समिति अध्यक्ष पदम शोभा तमु, तमुधींका उपाध्यक्ष होमबहादुर गुरुङ, सु. जंगप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
समाजका अध्यक्ष सु.रणबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बलबहादुर तमुले स्वागत र सचिव डमरबहादुर गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९