भीमदत्तनगर, ७ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनले भीमदत्तनगर विहीवार दिनभर अशान्त भएको छ ।
ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडपमा परी दुवैतर्फ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीतर्फ नौ जना घाइते भएका छन् भने आन्दोलनकारीतर्फ छ जना घाइते भएका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ सय ६४ राउण्ड अश्रग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । प्रहरीको गोली र छर्रा लागी घाइते भएका आन्दोलनकारीको उपचार महाकाली अञ्चल अस्पतालमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झण्डै डेढ घण्टा ढुङ्गामुढा भएको थियो । आन्दोलनले उग्ररुप लिन थालेपछि बेलुकी ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर क्षेत्रमा कफ्र्यु लगाइएको छ ।
कफ्र्यु लागेपछि नेपाली सेनाको भरतपुर ब्यारेकका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कफ्र्यु जारी गरिएका क्षेत्रमा गस्ती थालेका छन् । झडपका क्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।
घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका-१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । आन्दोलनमा स्थानीय, नागरिक समाज, नागरिक सङ्र्घष्ा समिति, व्यापार व्यवसायी उत्रेका छन् । तीन दिनदेखि भीमदत्तनगर बजार बन्द छ ।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९