लमजुङ, ७ भदौ। लमजुङमा प्रदेश सरकारको प्रतिनिधिमूलक कार्यालयको स्थापना गरिएको छ। कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका रूपमा स्थापित दुर्इ कार्यालयको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे।
प्रदेश सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने प्रतिनिधिमूलक कार्यालय रहेको बताउँदै उनले सो कार्य संघीय सरकारको अधिकार प्रत्यायोजनको एक नमूना हो भने ।
कार्यालयले लमजुङका सबै नगरपालिका र गाउँपालिका र तत्कालका लागि मनाङ समेत हेर्ने प्रबन्ध गरिएको छ। गण्डकी प्रदेशमा यो वर्ष यस्ता ६ वटा कार्यालयको स्थापना गर्ने सरकारको निर्णय अनुसार यो तेस्रो कार्यालय हो।
यसअघि, स्याङ्जामा स्थापित कार्यालयले कास्की र तनहुँले नवलपुर समेत हेर्छ । शुक्रबार गोरखा कार्यालय उद्घाटन गर्ने योजना छ ।
मन्त्री थापाले कृषि र पशुपालनमा अबको ३ वर्षभित्र आत्मनिर्भर हुने गरी कार्य गर्नुपर्ने प्रदेश सरकारले निर्णय गरेको बताए। त्यसका लागि बचत सहकारीले लगानी गर्ने ऋणमा कम्तिमा ३० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने गरी सहकारी ऐन ल्याइन लागेको बताए।
सो अवसरमा प्रदेशसभा सदस्य मधुमाया अधिकारी, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, नेकपाका प्रतिनिधि सुनिल सुनार, काँग्रेसका प्रतिनिधि गमप्रसाद गुरुङ, नवस्थापित कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णभद्र अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए। पशुपक्षी तथा मत्स्य विभाग निर्देशक डा मनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख लक्ष्मण ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९